Home समाचार सशस्त्र प्रहरी कडा एक्सनमा तस्करलाई तह लगाउदै डिआईजी मगरको आदेश

सशस्त्र प्रहरी कडा एक्सनमा तस्करलाई तह लगाउदै डिआईजी मगरको आदेश

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १२ पुस ।
प्रदेश नं.२ को बाहिनी पती शस्त्र प्रहरी मुख्यालय बर्दीबासको डि आई जी गणेश ठाङा मगरले जिम्मेवारी सम्भालेका ४ महिना नबितिदै रौतहट जिल्लाबाट भन्सार छली गरेको करिब २ करोड ६६ लाख ४४ हजार ४ सय २४ बराबरको मालसमान जिल्लामा खटाएको टोलीले बरामद गरेको छ । शस्त्र प्रहरीका मगरको आगमनसाथ आफ्नो मातहातमा पर्ने २ नं. प्रेदशका सवै युनिटलाई कडा निर्देशन दिनसाथ सशस्त्र प्रहरीले धमाधम मालसमान पक्राउ गर्न थालेपछी चार महिना नबितिदै २ करोड ६६ लाख ४४ हजार ४०० सय बराबरको अबैध तरिकाले नेपाल भित्रयाई रहेको मालसमान बरामद गर्न सफल भएको हो ।
मगरको कडा निर्देशन पाउनसाथ अपराध अनुसन्धान शाखाका प्रमुखले समेत ८ वटै जिल्लामा बढ्दै गएको अपराधी क्रियाकलापका साथ साथै सीमाबाट हुने अबैध क्रियाकलापमा निगरानी बढाउन चार महिनामा २ करोड ६६ लाख ४४ हजार ४०० सय बराबरको मालसमान पक्राउ गर्न सफल भएको बताइन्छ । जिल्लाका विभिन्न नाका हुँदै अबैध तरिकाले आयात निर्यात गर्ने तस्करहरूमा समेत सशस्त्र प्रहरीको कडा निगरानीले त्रास उत्पन्न भएको बताइन्छ ।
यति जाडोको मौसम पनि विभिन्न चोर नाकाबाट जाडोको महामारीले जुझिरहेको अवस्थामा समेत रौतहट सशस्त्र प्रहरीले उठाएको कदमले स्थानीयहरू राहत महसूस गर्न पाएको बिषय कुनै नौलो कुरो नभएपनी आफ्नो जिवनको ख्याल नै नगरी रौतहटवासीको लागि रातदिन खटिरहेको बिषयले सशस्त्र प्रहरीको कार्य बारे प्रष्ट भएको छ । यस्तो जाडोको महामारीको समयमा समेत शस्त्र प्रहरीले आफ्नो जिउ ज्यानको ख्यालै नगरी रौतहटको जनताको लागि खटेर सुरक्षा दिदै आएको बारे दुईमत छैन ।
आफ्नो संगठनको नीति निर्देशन विपरित नगइ आफ्नो जिम्मेवारी पूर्ण रूपले पालना गर्दै आएको प्रदेश नं.२ को सशस्त्र प्रहरीका डि आई जी मगरले बताए । उहाका अनुसार जिल्लामा जाडो मौसमकोमौका छोपी केही तस्करहरू सलबलाए पनि उनिहरूको मनसायलाइ बिफल पार्न सफल भएको बताए । यस्तो समयमा अपराधी क्रियाकलापमा समेत कमि आएको दाबी गर्दै आफ्नो नीति निर्देशन अनुरूप अगाडी बढ्दै जाने, उनले बताए । आफ्नो मातहातमा पर्ने सबै युनिटलाइ कडा निर्देशन दिएको र निर्देशन विपरित कार्य गर्ने जोकोहिलाइ कानून बमोजिम कारवाही गर्नबाट आफू पछि नहटने बताउनु भयो ।
प्रदेश नं.२ को शस्त्र प्रहरीका डि आई जी मगरले कडा निर्देशन दिनसाथ सीमा नाका स्थित रहेका शस्त्र बैश कैमका प्रमुखहरूले आ–आफ्नो क्षेत्रमा कडा निगरानी बढाएका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.