Home समाचार जन्ती जादैं गरेको स्कार्पियो अनियंत्रित भई दुर्घटना हुँदा ६ जनाको मृत्युु ३ जनाको अवस्था गम्भीर

जन्ती जादैं गरेको स्कार्पियो अनियंत्रित भई दुर्घटना हुँदा ६ जनाको मृत्युु ३ जनाको अवस्था गम्भीर

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १३ पौष ।
रौतहटको गौर चपुर हाइवे सडक खण्ड विच जयनगर स्थित मंगलवार बेलुकी ४ बजेको समयमा स्कोरपियो दुर्घटना भएको छ । गौर चपुर सडक गरुडा चौक देखि जयन्ती बोकेको गाडी दक्षिण जादैं गरेको भारतीय गाडी बि आर ०५ पि ए ६९५३ नम्बरको स्कारपियोआफै अनियन्त्रित हुदाँ ३ जना गम्भीर घाइते तथा ६ जनाको घटना स्थलमै मृत्यु भएको हो । गरुडा जादै गरेको नौ जना सवार रौतहटको गढीमाई नगरपालिका वडा नं नम्बर ३ का शेख अलफाज, शेख अमान्त, शेख अरसज गम्भीर घाइते भएका छन् भने शेख नैसद, शेख सैनुल्लाह, शेख छेदु भन्ने शेख आफताब, शेख अबुलैस, शेख अरसद, मारुफ मियाँ अंसारीको घटना स्थलमा मृत्यु भएको हो ।
६ जनाको मृत्यु मध्ये एक जनाको सनाखत हुनसकेको छैन घटना वारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जानकारी गराएका हुन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.