Home समाचार सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा लागुऔषध दुव्र्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम

सामुदायिक सेवा केन्द्र कुम्हालटोलद्वारा लागुऔषध दुव्र्यसनी सम्बन्धी जनचेतनामूलक कार्यक्रम

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, १४ पुस ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले लागुऔषध दुव्र्यसनी तथा लागुऔषध प्रयोगबाट हुने नकारात्मक असर सम्बन्धि जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । सामुदायिक सेवा केन्द्र कुम्हालटोलले बुधबार मेरी गोल्ड माविमा सो लागुऔषध सम्बन्धि चेतनामूलक कार्यक्रम सम्पन्न गरेको हो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेशकुमार चौधरीको अध्यक्षता सम्पन्न भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरिक्षक दिपेन्द्र श्रेष्ठ रहनु भएको थियो ।
कार्यक्रममा प्रहरी निरिक्षक श्रेष्ठले उक्त माविका कक्षा ८, ९ र १० मा अध्ययनरत करिब १०० जना विद्यार्थीहरुलाई लागुऔषधको नकारात्मक असरहरु बारे जानकारी गराएका थिए । उनले भने लागुऔषधले समाज र राष्ट्रलाई असर पुर्‍याउनुको साथै घर परिवारमा समेत असर गर्ने काम भइरहेको बताए । अहिले धेरै युवाहरु कुलतमा फसिरहेकोले यसबाट बच्न बेलामा सचेतना जगाउनु पर्ने प्रहरी निरिक्षक श्रेष्ठको भनाइ रहेको थियो ।
कार्यक्रममा मेरी गोल्डका प्रिन्सिपल रवि कोइराला, सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दाहाल, मुनलाइट माविका डाइरेक्टर एवम् सामुदायिक सेवा केन्द्र कुम्हालटोलका सल्लाहकार श्याम केसि, मेरी गोल्डका शिक्षक भुवन कोइराला, तारा बिष्ट, ईन्दिरा पोख्रेल, ज्ञानुमाया रायमाझी, सामुदायिक प्रहरी सेवा केन्द्रका प्रहरी हवल्दार सुनिता बिक, प्रहरी जवान कुमार विक, सन्चारकर्मी लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.