Home समाचार हतियार र लागुऔषधसहित मोहम्मद राजा कवाड़ी पक्राउ

हतियार र लागुऔषधसहित मोहम्मद राजा कवाड़ी पक्राउ

by अंकुश दैनिक
0 views

महोत्तरी।
सशस्त्र प्रहरीले अवैध हतियार र लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

आइतबार साँझ ५:२५ बजे महोत्तरी लोहारपट्टी न.पा.-९ पिपराढी बस्ने २४ वर्षीय मोहम्मद राजा कवाड़ीलाई विशेष सूचनाको आधारमा शंका लागि चेकजाँच गर्दा यूएस मेड लेखिएको एक थान ९mm पेस्तोलसहित नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बलले जनाएको छ ।

इलाकाको सशस्त्र प्रहरी बल खुट्टा पिपराढी वेशका प्रहरी नायब निरीक्षक निलहरी दाहालको कमाण्डमा खटिएको ५ जनाको प्रहरी टोलीले निज कवाड़ीलाई उक्त हतियार सहित प्रतिबंधित लागुऔषध नाइट्राभेट १० र १ थान समसुंग कम्पनिको मोबाइल फेला पारी नियन्त्रणमा लिई थप कारवाहीको लागि नेपाल प्रहरीको जिम्मा लगाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.