Home समाचार चिसो बढ्दै गएपछि पठनपाठन बन्द

चिसो बढ्दै गएपछि पठनपाठन बन्द

by अंकुश दैनिक
0 views

वीरगञ्ज, १९ पुस (रासस) :
शीतलहर सुरु भएपछि पर्साको जिराभवानी गाउँपालिकाले शैक्षिक संंस्था बन्द गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गरी यही पुस २४ गतेसम्म संस्थागत तथा सामुदायिक विद्यालयमा पठनपाठन बन्द हुने जनाएको छ ।
यसैबीच वीरगञ्ज महानगरपालिकाले ज्येष्ठ नागरिकलाई न्यानो कपडालगायतका सामग्री उपलब्ध गराएको छ । महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२ वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई कम्बल, झुल, छाता र टर्चलगायतका सामान वितरण गरेको हो ।
ती सामग्रीले केही भए पनि ज्येष्ठ नागरिकलाई राहत मिल्ने नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिनुभयो । प्रति ज्येष्ठ नागरिकलाई करिब रु छ हजार बराबरको सामग्री वितरण गरिएको महानगरपालिकाले जनाएको छ ।
रु ६५ लाख बराबरको सामान बरामद
भन्सार छली ल्याएको करिब रु ६५ लाख बराबरको खुद्रा सामान तथा औषधि लोड रहेको टूकसहित चालक चितवन राप्ती नपा वडा नं ४ का ३२ वर्षीय सुरेशकुमार लामालाई पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिलविजकभन्दा बढी खुद्रा मालवस्तु तथा औषधि लोड गरी पोखरा लग्दै गरेको ना६ख ६६६७ नम्बरको मालवाहक सो टूकलाई वीरगञ्ज महानगरपालिका वडा नं ८ घण्टाघरस्थित सडकखण्डबाट नियन्त्रणमा लिइएको हो ।
नियन्त्रणमा लिइएको सामानसहित टूकको समेत रु ६५ लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीको लागि राजस्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.