Home समाचार पुन:कोभिडविरुद्धको खोप अभियान सञ्चालन

पुन:कोभिडविरुद्धको खोप अभियान सञ्चालन

by अंकुश दैनिक
0 views

वीरगञ्ज, १९ पुस (रासस) :
‘कोभिड( १९ विरुद्धको खोप, हाम्रो खोप, हाम्रो सुरक्षा, खोप लगाउ सुरक्षित बनौँ’ भन्ने नाराका साथ पर्सा जिल्लामा आजदेखि पुन: ‘कोभिडविरुद्धको खोप अभियान सञ्चालन गरिएको छ ।
यसअघि सञ्चालन गरिएको अभियानमा पहिलो मात्रा लिइसकेकालाई दोस्रो मात्रा वा छुटेका १८ वर्ष उमेरमाथिका सबै व्यक्तिलाई पहिलो मात्रा खोप लगाउने उद्देश्यले जिल्लाभर यस महिनाको पाँच/पाँच दिन दुई चरणमा खोप अभियान सञ्चालन गरिएको हो ।
स्थानीय तहसँगको सहकार्यमा जिल्लाको सबै स्वास्थ्य संस्था तथा आवश्यकताका आधारमा तत्कालै खोप केन्द्र थप हुने गरी खोप अभियान सञ्चालन हुँदै आएको स्वास्थ्य कार्यालयका स्रोत व्यक्ति जयमोद ठाकुरले जानकारी दिनुभयो ।
जिल्ला खोप समन्वय समितिको निर्णयअनुसार आजदेखि पुस २३ गतेसम्म पर्सागढी, पोखरिया नगरपालिका, सखुवाप्रसौनी, जिराभवानी, ठोरी, जगरनाथपुर र पटेर्वासुगौली गाउँपालिकामा तथा २३ देखि २७ गतेसम्म वीरगञ्ज महानगरपालिका, बहुदरमाई नगरपालिका, विन्ध्वासिनी, धोविनी, छिपहरमाई, कालिकामाई र पकाहामैनपुर गाउँपालिकामा खोप अभियान सञ्चालन हुनेछ ।
अभियानलाई अझ प्रभावकारी बनाउन वीरगञ्जका तीन वटै निजी अस्पताल, नारायणी अस्पताल र पोखरिया अस्पतालबाट समेत तोकिएको दिन खोप लगाउन पाउने व्यवस्था मिलाइएको कार्यालयले जनाएको छ ।
वीरगञ्ज महानगरपालिकाको बढी भिडभाड हुने क्षेत्र घण्टाघर चोक, नयाँ बसपार्क, आदर्शनगर चोक, भन्सार र डूाइपोर्ट चोकमा समेत गरी ३७ वटा खोप केन्द्र स्थापना गरिएको छ ।
वीरगञ्जको विर्तास्थित नारायणी सेन्टूल अस्पतालमा आइतबार, गण्डकस्थित वीरगञ्ज हेल्थ केयर अस्पतालमा मङ्गलबार र घण्टाघर लिङ्करोडको भवानी अस्पतालमा बिहीबार खोप लगाउन सकिन्छ भने नारायणी अस्पतालमा सोमबार र बुधबार दुई दिन, पोखरिया अस्पतालमा शुक्रबार खोप लगाउन सकिने व्यवस्था मिलाइएको छ ।
जिल्ला खोप समन्वय समितिले २०७८ पुस मसान्तभित्र दुई तिहाइ नागरिक अर्थात् ६६ प्रतिशतले खोप लगाइसक्ने लक्ष्य लिएको छ । जिल्लामा हालसम्म ३८दशमलव०२ प्रतिशतले पूर्ण खोप लगाइसकेका छन् भने ६० दशमलव ५७ प्रतिशतले एक मात्रा खोप लगाइसकेको अवस्था छ । एक लाख ६९ हजार ३१५ जनाले कोभिसिल्ड, भेरोसेल, जनसन र एस्टूाजेनिकाको दुवै मात्रा खोप लगाइसकेका र दुई लाख ६९ हजार ७५४ जनाले यी खोपको पहिलो मात्रा लिएको अवस्था छ । जिल्लामा १८ वर्षभन्दा माथिका लक्षित समुदायको सङ्ख्या चार लाख ४५ हजार ३६८ छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.