Home समाचार सदर मुकाम गौरका मेयर गुप्ताद्वारा नगरका प्रत्येक ठाउँमा दाउरा बालियो

सदर मुकाम गौरका मेयर गुप्ताद्वारा नगरका प्रत्येक ठाउँमा दाउरा बालियो

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १९ पौष ।
रौतहटको सदरमुकाम गौर नगरपालिकाले नगरपालिका भित्रको विभिन्न सार्वजनिक ठाउँमा म सर्वसाधारणलाई आगो ताप्नका लागि दाउराको व्यवस्था गरेको छ ।
केहि दिन देखि बढेको चिसोले नकारात्मक प्रभाव पार्न थाले पछि चिसो छल्नको निमित नगरप्रमुख अजय कुमार गुप्ताले दाउराको व्यवस्थापन गरेको हो । मुख्य सडक ,चौक सरकारी कार्यालय , लगायतका ठाउँमा आगो ताप्नको लागि दाउराको व्यस्था गरिएको नगर प्रमुख गुप्ताले जानकारी दिएका छन् ।
गौरमा रहेको सरकारी कार्यालयमा काम गराउन बाहिरबाट आउने सेवाग्राहीलाई न्यानो हुनको लागि ठाउँ ठाउँमा दाउरा व्यवस्थापन गरे पछि सेवाग्राहीहरुलाई जाडो छल्न सहज भएको छ ।
मोटर साइकल चलाउनेलाई चिसोमा अप्ठयारो हुने भएकोले तिब्र रुपमा सवारी साधन नचलाउने तथा बृद्ध बृद्धा एवं बाल बालिकालाइ न्यानो लुगा लगाएर राख्न समेत गुप्ताले आग्रह गरेका छन् ।
बाल बालिका , बृद्ध बृद्धाहरुलाई चिसोमा बढी जोखिम रहेकोले सुरक्षित राख्नु पर्ने चिकित्सकहरुको सुझाव रहेको छ । बर्षात पछि निरन्तर रुपमा चलि रहेको हावाको कारण बढेको चिसोले जनजीवन प्रभावित हुदै गएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.