Home समाचार छपकैया सामुदायिकद्वारा गरिब निमुखाहरुलाई न्यानो कम्बल वितरण

छपकैया सामुदायिकद्वारा गरिब निमुखाहरुलाई न्यानो कम्बल वितरण

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, २० पुस ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा छपकैया– २ ले जिल्ला पर्सा बी.म.न.पा. वडा नं.१६ स्थित रहेको नेपाल राष्ट्रिय आधारभुत बिद्यालयको प्रा·णमा युवा समाज सेवी महेबुब अली (सेरु) को सहयोगमा हाल तराई क्षेत्रमा चलिरहेको सितलहरको कारण बढ्दै गएको जाडोलाई मध्य नजर गर्दै गरिब निमुखाहरुलाई ३५० थान न्यानो कम्बल वितरण कार्यक्रम सम्पन्न गरेको छ ।
सो कार्यक्रम सामुदायिक सेवा केन्द्र छपकैया–२ का अध्यक्ष हाजि ग्यासुदिन ठकुराईको सभापतित्वमा र पर्साका प्रमुख जिल्ला अधिकारी उमेश ढकालको प्रमुख आतिथ्य भएको थियो । पर्सा जिल्लामा नया आउनु भएको प्रमुख जिल्ला अधिकारी उमेश ढकाल र जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रमेश बस्नेतलाई स्वागत गर्नुको साथै जेष्ठ नागरिकहरुलाई दो–सल्ला ओढाई सम्मान समेत गरिएको थियो ।
श्री चन्डि प्रसाद गणका गणपनि प्रमुख सेनानि मनोज कार्की, सशस्त्र प्रहरी बल १३ नं. हेड–क्वाटर पर्साका प्रमुख स.प्र.उ. राजेन्द्र खड्का, डा.समिर अहमद, जिल्ला प्रहरी कार्यालय पर्साका प्र.ना.उ. प्रहलाद कार्की, प्र.प्र.का. बाट प्रहरी वृतचित्रको लागि खटि आउनु भएका प्र.नि. श्री सचिता थापा, व.प्र.का. विर्ताका प्र.नि. राजेशराज पुरी, प्र.नि. दिपेन्द्र श्रेष्ठ, जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्र.ना.नि. दिपेन्द्र साह, जेष्ठ नागरिक, स्थानिय भद्रभलादमी, ग्रिनसिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतान, सामुदायिक सेवा केन्द्र छपकैयाका बरिष्ठ उपाध्यक्ष मो. अब्दुल हक, सचिब प्रबिण बिक्रम शाह, सदस्य अजित भुजेल, बिट्टु नेपाली, जयाउल हक, सामुदायिक प्रहरी सहायक निरीक्षक, प्रहरी हवल्दार, प्रहरी जवान लगायत स्थानीयहरु उपस्थिति रहेको थियो ।
स्वागत मन्तव्य सामुदायिक सेवा केन्द्र छपकैयाको कोषाध्यक्ष प्रेमा कुमारि सिंहले र कार्यक्रम सन्चालन सदस्य अब्दुल हकले गर्नु भएको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.