Home समाचार गौतम स्कुलमा पदभार ग्रहण तथा ब्याच वितरण कार्यक्रम सम्पन्न

गौतम स्कुलमा पदभार ग्रहण तथा ब्याच वितरण कार्यक्रम सम्पन्न

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, २३ पुस ।
वीरगञ्जको गौतम स्कुलमा पदभार ग्रहण तथा ब्याच वितरण कार्यक्रम सम्पन्न भएको छ । गौतम स्कुलको विद्यालय व्यवस्थापन समितिका सदस्य गणेश क्षेत्रीको अध्यक्षतामा भएको थियो कार्यक्रम मा प्रमुख अतिथि गोरखा गणका रिपू पर्दन आङ् क्षिरिङ् शेर्पा रहेका थिए प्रमुख अतिथि शेर्पा ले दिपप्रजोलन गर्दै कार्यक्रम को उद्घाटन गरेका थिए। स्कुलमा गठीत ४ सदनसँगै कक्षा ७ देखि १० सम्मका विभिन्न समुहका मोनिटरहरुलाई पदभार ग्रहण गराउनुका साथै ब्याच बितरण गरिएका थिए ।

  
स्कुलमा गठीत रातो, पँहेलो, हरियो र नीलो सदनका कप्तान र उपकप्तानलाई ब्याच वितरण गरेर पदभार गराइएको हो । त्यस्तै कक्षा ७ देखि १० सम्मका विभिन्न समुहका शैक्षिक तथा अनुशासन मनिटरहरुलाई आ आफ्ना अभिभावकबाट ब्याच लगाइएको थियो । आफ्ना छोराछोरीले कप्तान, उपकप्तानसँगै मनिटर जस्ता जिम्मेवारी पद पाएपछि अभिभावकहरुले हर्शित हुनु को खुशी व्यक्त गरेका छन् ।

   
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ् क्षिरिङ् शेर्पा अभिभावक संघ पर्साका अध्यक्ष अमर गौतम, कञ्चनजंघा मा.वि.का निर्देशक मार्टिन मोक्तान, सञ्चारकर्मी सूर्यनारायण वि.क. लगायतले अतिरिक्त क्रियाकलापले विद्यार्थीहरुको व्यक्तित्व विकास र क्षमता अभिबृद्धि हुनेमा जोड दिएका थिए ।
वीरगञ्जको शैक्षिक क्षेत्रमा गौतम स्कुलको महत्वपूर्ण भूमिका रहेको चर्चा गर्दै वक्ताहरुले कर्तव्यनिष्ठ भएर आफ्नो पदीय जिम्मेवारी निर्वाह गर्न विद्यार्थीहरुलाई सुझाव दिएका थिए । कार्यक्रममा सञ्चारकर्मी सन्तोष रञ्जितकार, मन्सुर खान, आर्मी क्याम्पका राजन बोहरा, आशिष निरौला, चिरीञ्जवी, श्रेष्ठ, अभिभावकहरु रमेश शर्मा, अलिल कर्ण, अल्विन रेञ्जर लगायतको उपस्थिती रहेको थियो ।


छात्र तर्फको प्रमुखमा सुयश वर्णवाल, छात्रातर्फको प्रमुखमा सृष्टि खड्काले जिम्मेवारी प्राप्त गरेका छन् । यस्तै शैक्षिक विभागको प्रमुखमा राहुल चौरसिया (छात्र) र राशी पराजुली (छात्रा) रहेका छन् । अनुशासन विभागको प्रमुखमा छात्रतर्फ बिशाल यादव र छात्रातर्फ साक्षी झा रहेका छन् । खेल विभागको प्रमुखमा सिवा·ी सिँह (छात्रा) र पुष्पराज यादव (छात्र) रहेका छन् भने सामाजिक क्रियाकलापको छात्रातर्फको प्रमुखमा सुदिन पोख्रेल र छात्रातर्फको प्रमुखमा शिखा साह रहेकी छिन् ।
यस्तै अतिरिक्त क्रियाकलापअन्र्तगत छात्रतर्फको प्रमुखमा मानश श्रेष्ठ र छात्रातर्फको जिम्मेवारी राशिका प्रधानलाई प्रदान गरिएको छ । कार्यक्रमको सहजीकरण गौतम स्कुलका शिक्षक सौरज प्रधानले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.