Home विचार मध्यपूर्वको तेलमा चिनियाँ निर्भरता बढ्दै

मध्यपूर्वको तेलमा चिनियाँ निर्भरता बढ्दै

by अंकुश दैनिक
0 views

यितेन्द्र शर्मा
जिवाश्म इन्धनमा कम र नवीकरणीय ऊर्जामा बढी निर्भर हुने पारस्थितीक सभ्यतामा पुग्ने प्रयासका बावजुद चीनको मध्यपूर्व तेलमा निर्भरता बढ्दै गएको छ । कथमकदाचित यस क्षेत्रका देशहरुसित चीनको सम्बन्ध बिग्रिने गयो अथवा यस क्षेत्रका द्वन्दग्रस्त देशहरु आपसमै लडने अवस्था उत्पन्न भयो भन्ने पनि चीनले तेलको आपुर्तिमा ठुलो अवरोध झेल्ने अवस्था आउन सक्छ ।
विश्वको सबैभन्दा ठुलो तेल आयातकर्ता हरियाली र थप आत्मनिर्भर बन्न खोज्दा, कसैले यसको ध्यान र पुँजीमा आशा गर्न सक्छ तथापि वास्तविकता त्यति सरल नभएको एशिया टाइम्सको समाचारमा उल्लेख छ । सन् १९९३ मा चीन तेलको बिशुद्ध आयातकर्ता बनेदेखि मध्यपूर्व ठुलो एवें महत्वपूर्ण तेल आयातकर्ताको रुपमा उभिएको छ । सन् २०१७ मा कच्चा तेलको सबैभन्दा ठुलो आयातकर्ताको रुपमा रहेको चीनले अमेरिकलाई उछिनेको बेलासम्म यसको लगभग आधा आपुर्ति द्वन्दग्रस्त एशियाको मध्यपूर्वी क्षेत्रबाट भएको थियो ।
स्थानीय उत्पादन बढाउन र त्यसको अधिग्रहणलाई विविधिकरण गर्ने चीनको वर्षौदेखिको प्रयासका बावजुद पनि कच्चा तेलको निम्ति मध्यपूर्व मै उसको निर्भरता यथावत छ । सन् २०२० मा चीनले लगभग १७.६ बिलियन अमेरिकी डलरको कच्चा तेल आयात ग¥यो । एशिया टाइम्सका अनुसार यी आधिकारिक आयातमध्ये ४० प्रतिशत मध्य पूर्वी देशहरुबाट भएको हो । यसबाहेक साउदी अरेयिबा चीनको सबैभन्दा ठुलो कच्चा तेल आपुर्तिकर्ताको रुपमा उभिएको छ र अझैपनि अक्टुबर २०२१ सम्म आफ्नो स्थिती कायमै राखेको थियो । सन् २०२२ साउदीबाट चीनमा २९.१ बिलियन मुल्यको तेल निर्यात गरिएको थियो । जुन चीनको कुल कच्चा तेल आयातको १५.९ प्रतिशत हो ।
सन् २०२० मा मुख्य भूमिमा अमेरिकी डलर १९.२ बिलियन डलरको कारोबार, र १०.९ प्रतिशत ढुवानी गर्दै इराक तेस्रो स्थानमा छ । ओमान, संयुक्त अरब इमिरेट र कुबेत पनि १२.८ बिलियन अमेरिकी डलरको कारोबार तथा ७.३ निर्यात गर्दै चीनका शीर्ष १० तेल आपुर्तिकर्तामा परेका छन् । तेलका लागि विदेशी आपुर्तिकर्ताहरुमा चीनको निर्भरता ७० प्रतिशत भन्दा बढी नै रहेको देखिन्छ । ऊर्जा आपुर्ति श्रृंखलामा अवरोध आउने डर अझ पनि बढ्ने आशंका चीनलाई पनि छ । मध्यपूर्वी एशियाका द्वन्द र अस्थिरताका घटनाहरुले निरन्तरता पाउँदै गएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.