Home समाचार वडा नं. १ कार्यालयका कर्मचारीहरुको ढिलासुस्ती तथा गैरजिम्मेवारीपनका कारण सेवाग्राही मर्कामा

वडा नं. १ कार्यालयका कर्मचारीहरुको ढिलासुस्ती तथा गैरजिम्मेवारीपनका कारण सेवाग्राही मर्कामा

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, २३ पुस ।
बीरगन्ज महानगरपालिका वडा न १ समितिको कार्यालयका कर्मचारीहरुको ढिलासुस्ती तथा सेवाग्रहीलाई दुख दिने गरेको विरोधमा शुक्रवार वडा नं १ का कार्यालयमा स्थानिय यूवाहरूले बिरोध प्रदर्शन गरेका छन् ।
कार्यालयका कर्मचारीहरूले एउटा सिफारिस गराउन आएका व्यक्तिलाई दुई देखि तिन दिनसम्म झुलाउने गरेको स्थानीय सेवाग्राहीको आरोप रहेको छ । महानगरपालिकाले वाड नं १ मा ७० वर्ष भन्दा माथि २०० जनाका लागि कम्वल, सल, टर्च पठाएको भएपनि वडा अध्यक्ष मनोज गुप्ता तथा वडासचिवको गैर जिम्मेवारीपनका कारण बितरण हुन नसकेको बृद्ध वृद्धाहरूले बताएका छन् ।


वडा अध्यक्षको गैर जिम्मेवारपुर्ण रबैयाको बिरोधमा भएको प्रदर्शनमा नेकपा एमाले वडा नं. १ का नेता तथा कार्यकर्ताहरुले समर्थन जनाएका थिए । वडामा नियमित रुपमा सरसफाइ नभएको तथा ढिलासुस्स्ती एवम् लापरवाहीको बिरोधमा हाम्रो साथ र समर्थन रहेको नेकपा एमाले महानगरपालिका कमिटी सदस्य बिरेन्द्र कन्ठले बताए । कन्ठले न सुध्रीए वडा कार्यालयमा तालाबन्दी समेत गरिने चेतावनी दिएका थिए ।
सचिव बिदामा भएको र आफु बिहानदेखि नै जनता कै सेवामा झै–झगडा, आपसी मेलमिलाप लगायतका काममा व्यस्त हुने भएकाले अलि समस्या भएको र वडा सचिव आए लगतै महानगरपालिकाले पठाएको समान बितरण गरिने वडा अध्यक्ष मनोज गुप्ताको भनाई रहेको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.