Home समाचार समाजवादी प्रेस संगठन नेपाल पर्साको प्रथम बैठक सम्पन्न

समाजवादी प्रेस संगठन नेपाल पर्साको प्रथम बैठक सम्पन्न

by अंकुश दैनिक
0 views

वीरगंज, २६ पुस ।
समाजवादी प्रेस संगठन नेपाल पर्साको प्रथम बैठक सोमबार सम्पन्न भएको छ । संगठनका अध्यक्ष मनोज पटेलको अध्यक्षतामा बसेको बैठकले संगठनको काम छिटो र सहज तरिकाले गर्न १३ सदस्यीय सचिवालय गठन गरेको छ । अध्यक्ष पटेलसहित उपाध्यक्ष शम्भु कुमार सुमन, प्रकृति अधिकारी, सचिव अजय चौरसिया, सह सचिव अमित अग्रवाल, विनोद पटेल, कोषाध्यक्ष हरिशंकर शर्मा, सदस्यहरु नरेश सर्राफ, संतोष साह, दिपेन्द्र गिरी, रंजित चौरसिया, श्याम पासवान र एक जना पछि थप गर्ने गरी सचिवालय गठन गरेको हो ।
बैठकले संगठनको जिल्ला कार्य समितिमा ३ जना नयाँ सदस्यलाई थप गर्ने समेत निर्णय गरेको छ । थप भएका नयाँ सदस्यहरुमा श्याम सर्राफ, आशिष कर्ण र दिपक कुशवाहा रहेका छन् । यस्तै, बैठकले नेपाल पत्रकार महासंघ पर्सा शाखाले वितरण गर्न लागेको स्व. गोपाल गिरी क्रियाशिल पत्रकारित पुरस्कारका लागि छनौट भएका व्यक्तिहरुको सवालमा चार पत्रकार संवध संगठनले जारी गरेको प्रेस विज्ञप्तीको उपर महासंघले कुनै किसिमको चासो नदेखाएकोले गम्भिर ध्यानाकर्षाण भएको जनाउँदै महासंघको एकलौटी र गैर जिम्मेवार पूर्ण गतिविधिको खेद प्रकट गर्दै जिल्लाका विभिन्न पत्रकार संगठनसंग छलफल र समन्वय गरी महासंघको गलत रवैयाको विरुद्धमा सशक्त रुपमा अगाडी बढने निर्णय गरेको छ । यसका साथै बैठकले संगठनको सम्पर्क कार्यालय वीरगंज ११ श्रीपुरस्थित भारतिय महावाणिज्य दुतावास नजिक रहेको नेपाल पोष्ट डेलीको कार्यालय संचालन रहेको भवनमा सम्पर्क कार्यालय संचालन गर्ने पनि निर्णय गरेको छ । नेपाल पोष्ट डेलीको कार्यालयमा बसेको बैठकमा संगठनका केन्द्रिय सदस्य राघव साह, बृजलाल पासवान र रेविन्द्र कार्कीको विशेष उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.