Home समाचार आगलागीबाट लाखौँको क्षति

आगलागीबाट लाखौँको क्षति

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप
रोतहट, २८ पौष ।
रौतहटको सदरमुकाम गौर स्थितका एक घरमा आग लागेर लाखौको बराबर धनजनको क्षति भएको छ।
गौर नगरपालिका वडा नं ८ पुरेवा गाउँ स्थित रहेको एक घर पूर्णरूपमा आगलागी भई घरपालुवा जनवार सहित खाद्यान्न समाग्री समेत जलेर नष्ट भएको छ ।
गौर नगरपालिका वडा नं ८ पुरेनवा निवासी रघुनाथ साहले पालेका चौपाया जनवार खसी बाख्रा गरि ९ वटा भैसी १ ,गाई ४ वटा जलेर मृत्यु भएको स्थानीयले बताएका छन् ।
जस्ताको पताले बनेको घर सहित अन्नवाली राखेको पनि आगलागी भई जलेर नष्ट भएको छ।
बुधबार विहान रिमझिम पानी पर्दैको समयमा चिसो बढेको कारण गाईगोठ बस्ने ठाउँमा आगो बालेर घरको ढोका बन्द गरि खेतबारीमा काम गर्न गएपछि एकासी करिब ११:३० बजेको समयमा आगलागी भएको स्थानीयले बताएका छन् । ९ लाख बराबरको क्षति भएको अनुमान गरिएको हो।भन्ने आगलगी भएको घटना बारे सुचना पाउँदा घटना स्थलमा गौर बस पार्क अस्थायी प्रहरी पोष्टका प्रसनी गोपाल यादव समेतका टोली पुगेका थिए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.