Home समाचार एकता महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औंं वार्षिक सभा सम्पन्न

एकता महिला बचत तथा ऋण सहकारी संस्थाको १४ औंं वार्षिक सभा सम्पन्न

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, २९ पुस ।
एकता महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको चौधौ १४ औ वाषिर्क साधारणसभा आज लक्ष्मी नारायण पार्टी प्यालेसमा समपन्न भएको छ।एकता महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष नागी देवी अवधडको सभापतित्व तथा प्रतिनिधि सभा सदस्य प्रदिप यादवको प्रमुख आतिथ्यमा सो साधारणसभा सम्पन्न भएको हो।साधारणसभाको उदघाटन प्रमुख अतिथि यादवले दिप प्रज्वलीत गरि खुट्टकेमा पैसा लगाएर शुरु गर्नु भएको थियो।सासद यादवले तराई जिल्लामा घुम्तो प्रथा भित्र रहेर भए पनि महिलाहरु अगाडि बढन सफल भएकोमा धन्यवाद दिनुभएको हो उहाँले यदि महिलाहरुले चाहेको खण्डमा स्वास्थ्य शिक्षा सरसफाइ गर्न सक्ने क्षमता रहेको बताए ।अहिले सरकारले संसदीय कोषमा रहेको रकम कोरोनामा खर्च गर्नु पर्ने अवस्था रहेकोले एकता सहकारी संस्थाको भवनको निर्माण गर्न आफुले सहयोग गर्ने र जग्गा महानगरपालिका संग लिन आग्रह समेत गर्नु भएको थियो ।

त्यसैगरी नेपाली का·्रेस नेता अजय दुवेढीले अहिलेसम्म गरिवहरुका लागि कानुन नबनेको आरोप लगाउनु भएको थियो। उहाँले महिलाले चाहेको खण्डमा समाज परिवर्तन गर्न सक्ने शक्ति रहेको बताए ।साधारणसभा नेकपा एमाले नेता बसुदिन अंसारी,नेफ्स्कुनका ब्रृजेश गुप्ता ,जिल्ला बचत तथा ऋण सहकारी संघका वरिष्ठ उपाध्यक्ष असगर अलि अन्सारी ,राष्ट्रिय सहकारी बैंकका संजय महतो,लुमन्तीका फिल्ड संयोजक अब्दुल कैस,एपीइएसका महम्मद असलक लगायतले शुभकामना एवम् मनतब्य दिनु भएको थियो।कार्यक्रममा वाषिर्क प्रतिबेदन सचिव मुन्नी पटवाले गरेकी थिइन् भने आयब्याय कोषाध्यक्ष मन्जु देवीले गरेकी थिइन् ।कार्यक्रमको स्वागत मनतब्य संस्थाका मेनेजर जुनु श्रेष्ठले गरेकी सो कार्यक्रमको सहजिकरण लेखापाल पुजा पटेलले गरेकी थिइन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.