Home समाचार जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा “तपाईको मास्क खैं“ जनचेतना कार्यक्रम जारी

जिल्ला प्रहरी कार्यालय रौतहट द्वारा “तपाईको मास्क खैं“ जनचेतना कार्यक्रम जारी

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, २९ पुस ।
जिल्ला बिभिन्न ठाउँमा प्रहरीले सर्वसाधारणलाई माक्स बितरण गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको कोभिड–१९ नयाँ भेरियन्ट ओमिक्रोन (इmष्अचयल) संक्रमण क्रमिक रुपमा फैलिरहेको अवस्थमा सो संक्रमणबाट बच्न, नियन्त्रण तथा रोकथाम गर्न “तपाईको मास्क खैं“ कार्यक्रम अन्तर्गत बिहीबार जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीद्वारा जिल्ला रौतहट गौर नगरपालिका भित्र रहेका वि.पि. चोक, नेपाल लज चोक, भन्सार कार्यालय अगाडी, हनुमान चोक र वसपार्क लगायतका स्थानहरुमा एक हजार जना सर्वसाधरणलाई मास्क वितरण गरिएको छ।
समाजिक दुरी कायम गरौं मास्क लगाऔं कोभिड–१९ बाट आफू पनि बचौं अरुलाई पनि बचाऔं जस्ता जनचेतना बारे सर्वसाधारणलाई जिल्ला प्रहरी कार्यालय रौतहटले सचेत हुनुपर्ने धारणा व्यक्त गर्नुभयो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.