Home Top News स्थानीय तहकाे निर्वाचन बारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

स्थानीय तहकाे निर्वाचन बारे छलफल गर्न आयोगले बोलायो सर्वदलीय बैठक

by अंकुश दैनिक
0 views

काठमाडौं, २९ पुस

राष्ट्रियसभा र स्थानीय तहको निर्वाचनका बारेमा छलफल गर्न निर्वाचन आयोगले सर्बदलीय बैठक आब्हान गरेको छ ।

राष्ट्रियसभा निर्वाचनलाई सफल बनाउन तथा स्थानीय तहको निर्वाचनको तयारीका बारेमा छलफल गर्न शुक्रबार बिहान ११ बजे बैठक बोलाइएको हो ।

‘भोलिको बैठकमा आसन्न राष्ट्रियसभा निर्वाचन र स्थानिय तहको निर्वाचनको मितिदेखि तयारीसम्मका बारेमा सर्वदलीय बैठकमा कुराकानी हुनेछ’ प्रवक्ता शालिग्राम शर्मा पौडेलले भने ।

उनका अनुसार संघीय संसद, प्रदेश संसद र स्थानीय तहमा प्रतिनिधित्व गरिरहेका दललाई बैठकमा सहभागी हुन निमन्त्रणा दिइएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.