Home समाचार ग्रीनसिटी सामुदायिकद्वारा सशस्त्र उपरिक्षक खडकाको बिदाई र विपन्न वर्गलाई कम्बल वितरण

ग्रीनसिटी सामुदायिकद्वारा सशस्त्र उपरिक्षक खडकाको बिदाई र विपन्न वर्गलाई कम्बल वितरण

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, ३० पुस ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीनसिटीले पर्साका सशस्त्र प्रहरी उपरिक्षक राजेन्द्र खडकाको बिदाई तथा कम्बल वितरण गरेको छ । ग्रीनसिटी सामुदायिकले शुक्रबार एक कार्यक्रमको आयोजना सशस्त्र प्रहरी उपरिक्षक खडकाको बिदाई गरेको हो ।


सशस्त्र प्रहरी उपरिक्षक खडका वीरगंजबाट काठमाण्डौं सरुवा भएपछि वहाँलाई सम्मान गर्दै मायाको चिनो प्रदान गरी बिदाई गरेको थियो । सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर ग्रीनसिटीका अध्यक्ष जयप्रकाश खेतानको अध्यक्षतामा सो कार्यक्रम सम्पन्न भएको थियो ।


त्यसैगरी ग्रीनसिटीले बढ्दै गरेको चिसोलाई मध्यनजर गरी गरिब तथा विपन्न वर्गहरुलाई कम्बल वितरण गरेको छ । चिसो र शितलहरले स्वास्थ्यमा प्रतिकुल असर नपरोस भन्ने उद्देश्यले ग्रिनसिटीले दातृ निकाय सिप्रदीयनको सहयोगमा १ सय ५० जना निमुखा गरिब तथा विपन्न वर्गहरुलाई कम्बल वितरण गरेको हो । रिक्सा चालक, मेकानिक, मजदुर र सडकमा आफ्नो जीवन बिताउन बाध्य रहेका व्यक्तिहरुलाई न्यानो कम्बल बितरण गरिएको ग्रीनसिटीका अध्यक्ष खेतानले जानकारी गराएका थिए ।

 
कार्यक्रममा पर्सा प्रहरीका प्रमुख रमेश कुमार बस्नेत, प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनाल, प्रहरी निरीक्षक पुरुषोत्तम कार्की, ट्राफिक प्रहरी निरीक्षक सुमन कार्की, विपद् व्यवस्थापन गुल्म प्रदेश नम्बर २ का प्रहरी निरीक्षक नितेश सिंह, सामुदायिक सेवा केन्द्र छपकैयाका ग्यासुदीन मियाँ, सञ्चारकर्मी, ग्रीनसिटीका पदाधिकारी लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.