Home समाचार महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिमको आयोजना : वडाअध्यक्ष कानु

महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले सिलाई कटाई तालिमको आयोजना : वडाअध्यक्ष कानु

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, १ माघ ।
वीरगंज महानगरपालिका वडा नं. ४ मा महिलाहरुको लागि सिलाई कटाई तालिम शुरु भएको छ । वडा नं. ४ मा शनिबार एक कार्यक्रमको आयोजना गरी महिलाहरुको लागि ९० घण्टे सिलाई कटाई तालिमको वडा नं. ४ का वडाअध्यक्ष जगत साह कानुले उद्घाटन गरेका हुन् ।
सरिता गुप्ताको अध्यक्षतामा शुरु गरिएको उक्त तालिमको प्रमुख अतिथी वडा नं. ४ का वडाअध्यक्ष जगत साह कानु रहनु भएका थिए । उनले महिलाहरु सिप सिकेर उद्यमी, रोजगार तथा आत्मनिर्भर हुने उद्देश्यले तालिमको आयोजना गरिएको बताउनु भएको थियो ।
त्यसैगरी महिलाहरुले सिप सिक्ने क्रममा सकृय भुमिका निर्बाह गर्नुपर्ने, सिकेको सिपबाट रोजगार तथा ब्यबसाय संचालन गरेर आय आर्जन गर्न सक्यो भन्ने परिवारको आर्थिक स्रोतमा समेत टेवा पुर्‍याउन सकिने तथा आफ्नो निजी खर्चको लागी आफै सक्ष्म हुने वडाका वडा अधिकृत रुप नारायण झाले बताएका थिए ।
३५ जना महिलाहरु सहभागि रहेका उक्त तालिममा प्रशिक्षक पुनम पटेल र रिंकु देवीले प्रशिक्षण दिइरहेको बंशीधर गुप्ताले बताएका छन ।
कार्यक्रममा रुपनारायण झा, श्रीराम प्रसाद सिंह, प्रभु प्रसाद शर्मा, किरण श्रेष्ठ, नवल किशोर साह, लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.