Home समाचार शान्ति युवा बिकास मञ्चद्वारा शमसानघाटमा सोलार बत्ति जडान

शान्ति युवा बिकास मञ्चद्वारा शमसानघाटमा सोलार बत्ति जडान

by अंकुश दैनिक
0 views

मनोज साह
जितपुर, १ माघ ।
बाराको जितपुर स्थित रातोपुलको शमशानघाटमा रातको समयमा शव जलाउँदा मलामीहरुलाइ पर्न गईरहेको समस्यालाई समाधान गर्न समाजमा अग्रसर शान्ति युवा बिकास मञ्चले सोलर बति जडान गरेको छ । शान्ति युवा बिकास मञ्चका अध्यक्ष बिबेक सर्राफको अध्यक्षतामा तथा जितपुरका जल्दाबल्दा युवा समाजसेवी मनोज कुमार साहको प्रमुख अतिथ्यतामा चारवटा सोलार बत्ती जडान गरिएको हो । रात्रि समयमा अंध्यारोमा शवको दाहसंस्कारमा जाने मलामीहरुलाइ अब उप्रान्त अंध्यारोबाट हुने समस्याको समाधान गर्न शान्ति युवा बिकास मञ्चले अति नै सह्रानीय कार्य गरेको प्रमुख अतिथि मनोज कुमार साहले बताए ।
आजको यस उज्यालो कार्यक्रममा शान्ति युवा बिकास मञ्चका पुर्व अध्यक्ष मनिष दाहाल, उपध्यक्ष योगेश अधिकारी, सचिव सजय चौधरी, अजय कुशवाहा, कृष्णप्रसाद जैसवाल, सल्लाहकार नवीन मैनाली लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.