Home समाचार श्रोत नखुलेको नगद सहित एक जना भारतीय नागरिक रौतहट बाट पक्राउ

श्रोत नखुलेको नगद सहित एक जना भारतीय नागरिक रौतहट बाट पक्राउ

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, ४ माघ ।
श्रोत नखुलेको रकम सहित एक भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।
सोमबार बेलुका करिब ५ बजेको समयमा प्रहरी चौकी बंकुलले एक भारतीय नागरिकलाई श्रोत नखुलेको रकम सहित बंकुलबाट नियन्त्रणमा लिएको हो। रौतहटको बौधीमाई न.पा.–७ स्थित प्रहरी चौकीबंकुलका प्रहरी सहायक निरीक्षक मनोज सिंहको कमाण्डमा खटिएको गस्ती टोलीले बि आर ०५ ए एन ६०८२ नम्बरको मोटरसाइकलाई चेकजाँच गर्दा मोटरसाइकल चालक भारतको मोतिहारी जिल्ला अन्तर्गत घोडासहनका चुनु प्रसाद जयसवालको छोरा १९ बर्षिय छोरा यसराज जयसवालको साथबाट श्रोत नखुलेको नेपाली रकम नगद रु तिन लाख अरसठ्ठी हजार छ सय फेला पारेकोमा जयसवाललाई नियन्त्रणमा लिई उक्त नगद र मोटरसाईकल सहित थप अनुसन्धानको लागि मंगलवार गौर भन्सार कार्यालयमा पठाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.