Home समाचार भौतिक पूर्वाधार बिकास मंन्त्री रौतहट आउँदा जनमत पार्टी द्वारा कालो झण्डा प्रदर्शन

भौतिक पूर्वाधार बिकास मंन्त्री रौतहट आउँदा जनमत पार्टी द्वारा कालो झण्डा प्रदर्शन

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, ५ माघ ।
रौतहटको सदरमुकाम गौर स्थित जनमत पार्टी लगायतका सयकडौ किसानहरुले कालो झण्डा सहित बिरोध प्रदर्शन गरेको हो। जनमत पार्टी विगत तिन हफ्ता देखि किसानको माग पुरा गराउन सरकारको ध्यानाकर्षण गराउदै पार्टी नेताकार्यकर्ता आन्दोलित बन्दै गएको देखिन्छ । किसानको माग पुरा नभए सम्म संघिय सरकार एवं प्रदेश सरकारका मंन्त्रीहरुलाई मधेश प्रवेशमा निषेध गरेको जनमत पार्टीले पत्र जारी गरेको थियो।


मधेस सहादत दिवस २०७८ को अवसरमा भौतिक पूर्वाधार विकास मन्त्री मा.रेनु यादवले समाजवादी युवा संघ नेपाल रौतहटको जिल्ला स्तरीय युवा भेला सभाको प्रमुख अतिथिको रुप आगमन हुनु पूर्व देखि बाँसको फाठामा कालो झण्डा बाधेर बिरोध गरेका जनमत पार्टी केन्द्रीय सदस्य ललित मलित सानुले बताए।सो कार्यक्रम स्थल पुग्न मंन्त्री रेणु यादवले मुल बाटो अवरुद्ध हुँदा बाईपास बाटो भई कार्यक्रम स्थल पुगेकी थिइन्।
बिरोध प्रदर्शन गौर बजार स्थित रहेको गुप्ता पेट्रोल नजिक चौक देखि बिपि चौक सम्म कालो झण्डा सहित प्रदर्शनकारीले नारावाजी समेत गरेको हो । भौतिक पूर्वाधार मन्त्री मुर्दावाद ,किसानको माग जाईज हो,किसानको माग पुरा गर,कृषि मन्त्री योगेन्द्र यादव मुर्दावाद जस्ता नारा सहित बिरोध प्रदर्शन गरिएको हो।
ठाउँ ठाउँमा नारावाजी ,टायर बाली प्रदर्शन गर्दा प्रहरी र जनमत पार्टी नेताकार्यकर्ता बिच झडप पनि भएको थियो जसमा ज्वाला रणविर, शाहालम, प्रभु यादव, अशोक सिंह, जोखन जयसवाल सहित पक्राउ परेको केन्द्रिय सदस्य ललित मल्लित सानुले बताए।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.