Home समाचार ३० लाख मूल्य बराबरको सामग्री बरामद

३० लाख मूल्य बराबरको सामग्री बरामद

by अंकुश दैनिक
0 views

वीरगञ्ज, ७ माघ ।
रु ३० लाख मूल्य बराबरको भन्सार छलीका सामान बोकेको एक टूकलाई पर्साको वीरगञ्जबाट प्रहरीले नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया पठाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार वीरगञ्ज महानगरपालिका(१६ इदगाह चोकको सडकखण्डमा ना३ख ५६७१ नंको मालवाहक टूकलाई प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
उक्त टूकमा भन्सार छली गरी ल्याइएका खुद्रा सामान फेला परेको प्रहरीको दाबी छ । सो क्रममा टूकका चालक पर्साको जगरनाथपुर गाउँपालिका(१ का ४५ वर्षीय लालबाबु महरालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । उक्त टूकमा भएको मालसमानसहित रु ३० लाख मूल्याङ्कन गरी आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान कार्यालय पथलैया, बारामा बुझाइएको प्रहरीले जनाएको छ । (रासस)

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.