Home अन्तर्राष्ट्रिय अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

अफगानिस्तानमा सार्वजनिक भ्यानमा बिस्फोट हुँदा ७ जनाको मृत्यु

by अंकुश दैनिक
2 views

एजेन्सी
काबुल, ९ माघ

अफगानस्तिाको हेरान्त प्रान्तमा शक्तिशाली बिस्फोट हुँदा कम्तिमा साता जनाको मृत्यु भएको छ । शनिबार साँझ भएको सो बिस्फोटमा अन्य सात जना घाईते भएका छन् । घाईतेमध्ये केहीको अवस्था गम्भीर रहेको हेरातका गुप्तचर अधिकारीहरुले बताएका छन् ।

एउटा भ्यानको इन्धन राख्ने ट्यांकीमा बिस्फोट गराइएको थियो । आक्रमणको कुनै पनि समूहले जिम्मा लिएको छैन् । सार्वजनिक यातायात सेवाका लागि प्रयोग हुने एउटा सानो भ्यानमा बिस्फोट गराइएको थियो । मृत्यु हुनेमा चार जना महिला रहेको हेरात प्रान्तीय अस्तपालका एक अधिकारीले बताएका छन् ।

बिस्फोटको जिम्मा कुनै पनि समूहले लिएको छैन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.