Home समाचार पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण

by अंकुश दैनिक
0 views

काठमाडौँ , ९ माघ

पछिल्लो २४  घण्टामा ६ हजार ४६२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो  । स्वास्थ्य मन्त्रालयले आइतबार अपरान्हमा दिएको जानकारीअनुसार  पछिल्लो २४ घण्टामा १७ हजार ४३७ वटा नमुना परीक्षण गर्दा ६ हजार ४६२ जनामा कोरोना पोजेटिभ देखिएको छ ।

मन्त्रालयका अनुसार १३ हजार ३७७  जनामा गरिएको पीसीआर परीक्षणमा पाँच हजार ५९८ जनामा र  चार हजार ६० जनामा एन्टिजेन परीक्षण गर्दा ८६४ जनामा संक्रमण देखिएको हो ।

योसँगै देशभर सक्रिय संक्रमितको ७७ हजार ४० रहेको छ । पछिल्लो २४ घण्टामा १४१६ जना डिस्चार्ज भएका छन् भने  मृत्यु चार जनाको भएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.