Home समाचार वीरगंज महानगरपालिकाद्वारा होटल तथा पर्यटन क्षेत्रमा ५० प्रतिशत छुट दिने

वीरगंज महानगरपालिकाद्वारा होटल तथा पर्यटन क्षेत्रमा ५० प्रतिशत छुट दिने

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, ९ माघ ।
वीरगंज महानगरपालिकाले कोभिड प्रभाबित अन्य क्षेत्रलाईझै होटल तथा पर्यटन क्षेत्रलाई पनि सम्पतीकरमा ५०% छुट दिने घोषणा गरेको छ । कोभिड बाट सबै भन्दा प्रभाबित होटल तथा पर्यटन क्षेत्रलाई केन्द्र सरकारले समेत यश अघि नै अति प्रभाबित ब्यबसायको सुचिमा वर्गीकरण गरि सकेको छ । यहाका होटल तथा पर्यटन क्षेत्रको प्रतिनिधि मुलक सस्था होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजले यश अघि नगर परिषद हुनु पुर्बनै बिरगंज माहानगरमा ज्ञापनपत्रसमेत दिएर आफ्ना समस्याहरु लाई माहानगरको नीति तथा कार्यक्रममा पार्न लगाएको थियो । तर पछि नगरपरिशदको निर्णय आउदा अन्य क्षेत्र समेटिए पनि होटल तथा पर्यटन शब्द छुटेकोले होटलहरु ले कुनै सुभिधा पाएका थिएन । येसै विषयलाई लिएर आज होटल तथा पर्यटन ब्यबसायी संघ बिरगंजका अध्यक्ष हरि पन्त को नेतृत्वमा गएको प्रतिनिधि मन्डलले महानगर प्रमुखसमक्ष आफ्ना समस्याहरुको गम्भीर ध्यानाकर्षण गराउदै ज्ञापनपत्र बुझाएको थियो । ज्ञापनपत्र बुझाउदै अध्यक्ष पन्तले महानगरले कोभिढ प्राभबित अन्य ब्यबसाय लाई सम्पतीकर मा ५०% छुट दिदा होटल तथा पर्यटन क्षेत्रलाई यदि यो सुभिधाबाट बन्चित गरिए होटल तथा पर्यटन क्षेत्र लाई ठुलो अन्याय हुने भन्दै आफ्ना सममस्या हरु नगरप्रमुख समक्ष राखेका थिए । होटल तथा पर्यटन ब्यबसायीहरु तथा मिडियाकर्मी हरु को समस्या सुनिसके पछि नगर प्रमुख बिजय कुमार सरावगीले होटल ब्यबसायीहरु को समस्या जाएज भएकोले समस्याको सम्बोधन गरिने बताउनु भयो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.