Home मुख्य समाचार जसपाको रौतहट कार्यकारिणी सदस्यमा बिद्रोह चल्दै

जसपाको रौतहट कार्यकारिणी सदस्यमा बिद्रोह चल्दै

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
माघ ११ रौतहट।
जनता समाजवादी नेपालको रौतहट जिल्लाका कार्यकारिणी सदस्यमा बिद्रोह चलेको छ ।
मधेश प्रदेशको कृषि राज्य मन्त्री एवम् जसपाको नेता योगेन्द्र राय यादव र सोही पार्टीका केन्द्रिय सदस्य रेवन्त झाले आफ्नो आसे पासे तथा झोला बोक्नेहरुलाई कार्यकारिणी सदस्यमा चयन गरेका छन् ।

शनिबार जसपाको जिल्ला कार्यकारिणी समिति रौतहटले १७७ जना कार्यकारिणी सदस्यलाई मनोनयन गरिएको मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवलाइ जानकारी गराइएको हो ।

मधेस प्रदेश समिति सद्स्य श्याम बिहारी यादवलका अनुसार रौतहट जिल्ला कार्यसमिति समायोजनमा क्षेत्र न.१ बाट मंन्त्री यादव र झाले मिलेर आफनो आसे-पासे तथा झोला बोक्नेलाई राखेको आरोप लगाए ।

क्षेत्र नम्बर १बाट चार जना कार्यकारिणीमा कसैले आफ्नो भाईलाई राखेको त कसैले झोला बोक्नेलाई राखेको मधेस प्रदेशका समितिका सदस्य यादवले भने । मधेस प्रदेश समितिका अध्यक्ष रामबाबु यादवले कसैसँग छलफल नगरि जिल्ला कमिटी गठन गरेकोमा उनको घोर आपत्ति रहेको जनाएका छन ।

साथै, जिल्ला कमिटी गठन गरिएकोमा आफनो आसे-पासे र झोला बोक्नेलाई नहटाए हामी प्रेस-मिट गरि आन्दोलनमा ओर्लिने मधेस प्रदेश समितिका युवा नेता श्याम बिहारी यादवले चेतावनी समेत दिए  ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.