Home समाचार आगलागीबाट करिब पाँच लाख बराबरको धनमाल क्षति

आगलागीबाट करिब पाँच लाख बराबरको धनमाल क्षति

by अंकुश दैनिक
1 views

वीरगञ्ज, १५ माघ  :
बाराको महागढीमाई नगरपालिका(१ बरियारपुरस्थित एक घरमा आज आगलागी हुँदा करिब पाँच लाख मूल्य बराबरको धनमाल क्षति भएको छ । स्थानीय कलमोदिन मियाँको पक्की घरमा बिजुलीको तार सर्ट भई अचानक आगलगी हुँदा करिब रु पाँच लाख मूल्य बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
आगलागीबाट घरमा रहेको खाद्यान्न, फर्निचरलगायत सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । घरमा लागेको आगो प्रहरी र स्थानीयवासी मिलेर निभाएको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।
१६ कठ्ठाको गाँजाखेती फडानी
पर्साको सखुवाप्रसौनी गाउँपालिका(४ ओझैया प्रसौनी टोलमा सुर्ती खेतीभित्र लुकाइछिपाइ लगाइएको १६ कठ्ठाको गाँजाखेती पर्सा प्रहरीको टोलीले फडानी गरेको छ । सुर्ती खेतीभित्र प्रतिबन्धित गाँजाखेती फस्टाउँदै गएको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीबाट खटिएको प्रहरी टोलीले गाँजा फडानी गरेको हो । पटेर्वा सुगौलीका प्रहरी निरीक्षक रामकाजी थापा नेतृत्वको टोलीले फडानी गरेको गाँजा स्थानीय सञ्चारकर्मी र समाजसेवीको रोहबरमा नष्ट गरिएको थियो ।
यसैगरी एक साताअघि पर्साको जगरनाथपुर गाउँपालिका(२ मा १५ कामा लगाइएको गाँजाखेती प्रहरी टोलीले नष्ट गरेको थियो । सुर्ती खेतीभित्र गाँजाखेती गरिएका कारण सो सुर्ती खेती कसले गरेको हो भन्ने सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.