Home समाचार मधेश सरकारको चौतर्फी आलोचना पश्चात् आन्दोलनका घाइते सिंहलाई एक लाखको चेक हस्तान्तरण

मधेश सरकारको चौतर्फी आलोचना पश्चात् आन्दोलनका घाइते सिंहलाई एक लाखको चेक हस्तान्तरण

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १४ माघ ।
२०७१ चैतमा सेवा केन्द्र सदरमुकाम गौरबाट सार्ने क्रममा मधेशी दलको अगुवाईमा भएको मधेश आन्दोलनमा परि ३ वटा प्रहरीको गोली खाएर मृत्युको मुखमा पुगेर फर्किएका रौतहट जिल्लाको राजदेवी नपा वडा नं ५ हजमिनिया निवासी जिउँदो सहिद रणवीर सिंहको दुख दायि बिषयलाई समाचारको माध्यमले मधेश प्रदेश सरकारको वास्तविक शहिद प्रतिको क्रियाकलापलाई दर्शाएको हुनाले शुक्रबार कृषि राज्यमन्त्री यादवले एक लाखको चेक हस्तान्तरण गरेको छ ।
जिउँदो शहिद सिंहले पटक पटक ७ बर्ष भन्दा बढी दिन देखि आफ्नो उपचार गराउन विभिन्न सरकारी निकाय, मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री, सांसद, मेयर, उपमेयर, वडाअध्यक्ष लगायत जनप्रतिनिधिहरूसँग आग्रह गरे तापनि कसैले वास्ता नगरेको कारण उहाँले घरमा उपचार नपाएर छटपटाएर मर्नु भन्दा राम्रो मुख्यमन्त्री कार्यालय अगाडि जनकपुरमा गएर आत्महत्या गर्ने चेतावनी दिएपछि बलतल आज एक राज्यमन्त्रीलाई ध्यानाकर्षण भएको हो । यहाँ बिना मर्नु भनेको केही हुने वाला छैन भने यो दृश्यले साबित गरेको छ ।
मधेश प्रदेश सरकारका राज्यमन्त्री यादवको राजदेवी नपा वडा नं २ पथरामा रहेको हो भने जिउँदो सहिद सिंहको घर वडा नं ५ पताही टोलमा रहेको छ एउटै नगरपालिका भित्र यतिदिन देखि दुख भोग्दै आएको सिंहका दुख देख्न नसकेको राज्यमन्त्रीले आज देखे तर ७ बर्ष देखि जीवनसँग लडिरहेका सिंहको हालखबर केही सोध्न समेत नसकेको राज्यमन्त्रीले समाजिक संजाल देखि गाउँ–गाउँमा मधेश सरकारको आलोचना हुन थालेपछि आज एक लाख त्यो पनि मधेश सरकारको रकम हस्तान्तरण गर्न राज्यमन्त्री यादव पुगेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.