Home समाचार एक जना प्रहरी जवान र एक भारतीय नागरिक मृत फेला

एक जना प्रहरी जवान र एक भारतीय नागरिक मृत फेला

by अंकुश दैनिक
0 views

वीरगञ्ज, १६ माघ ।
पर्सामा दुईजना मृतावस्थामा फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले आज दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौँडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन् ।
इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका(४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको र निजका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामा नै नारायणी अस्पतालमा उपचारमा ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताउनुभयो । मृतक प्रहरी जवानको शवपरीक्षणपछि परिवारलाई जिम्मा लगाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको खनालले जानकारी दिनुभयो ।
यसैगरी वीरगञ्ज, महानगरपालिका(६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीबाट ४०/४५ जना स्टाफहरू पिकनिक मनाउन ना५ख ७७६ नंको बस रिजर्भ गरी मकवानपुरको हेटाँैडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा रहेको र उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरी नायब उपरीक्षक खनालले बताउनुभयो । मृतकको शवपरीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ । (रासस)

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.