Home समाचार चुनावको मिति घोषणाको माग गर्दै रौतहटमा प्रदर्शन

चुनावको मिति घोषणाको माग गर्दै रौतहटमा प्रदर्शन

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १६ माघ ।
स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न माग गर्दै नेकपा एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले रौतहटमा वृहत् प्रदर्शन गरेको छ । आइतबार संघको रौतहट जिल्ला कमिटीको आयोजनामा जिल्लाको मध्य भाग गरुडामा गठबन्धन सरकारविरुद्ध चर्का नाराबाजी गर्दै प्रदर्शन गरेको हो ।प्रदर्शनकारीले ‘स्थानीय निर्वाचनको मिति घोषणा गर,’ ‘मन्त्री रेणु यादव राजिनामा दे,’ ‘अध्यादेश खारेज गर जनादेश कायम गर,’ ‘मापसे सरकार मुर्दावाद, कानुन र संविधानको पालना गर,’ लगायतका नारा लगाएका थिए ।
प्रदर्शनकारीले गरुडास्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनबाट प्रदर्शन सुरु गरेका थिए । सो प्रदर्शन चिनी मिल हुँदै बजारको परिक्रमा गर्दै गरुडा नगरपालिका नजिकै कोणसभामा परिणत भएको थियो ।
कोणसभालाई सम्बोधन गर्दै संघका स्थायी कमिटी सदस्य एवम् एमाले रौतहटको जिल्ला कमिटी सदस्य निवेश यादवले परमादेशबाट बनेको सरकार जनादेशबाट भाग्ने योजनामा रहेकाले युवाहरु सडकबाट उनीहरुलाई जनादेशमा ल्याउने चेतावनी दिए ।
उनले हार्ने डरले कानुन र संविधानको अपव्याख्या गर्दै सरकारले स्थानीय निर्वाचन सार्ने षड्यन्त्र गरिरहेकोले त्यसको प्रतिकारमा उत्रिनु पर्नेमा जोड दिदैं प्रधानमन्त्री देउवा यसअघि पनि चुनाव नगराएर वर्षौ स्थानीय तहलाई जनप्रतिनिधिरु विहिन बनाएकाले यसपटक पनि त्यही गर्ने बाटोमा हिडेको आरोप लगाए ।
नेकपा एमाले रौतहट जिल्ला उपसचिव रुपेश कुमार पटेलले सरकारले तत्काल निर्वाचनको घोषणा नगरेको खण्डमा सरकारविरुद्ध देशभर युवा संघद्वारा जारी सडक संघर्ष अझ सशक्त बनाउने गर्ने उद्घोष गर्दै नेकपा एमालेको लोकप्रियता देखेर सरकार चुनावबाट बाहना बनाएर भागेको आरोप लगाए ।
केन्द्रीय मन्त्री रेणु यादवले गौर हत्याकाण्ड दोहोराउने अभिव्यक्ति दिएर हिंसा भड्काउन लाग्दा पनि सरकार मुकदर्शक बनेर बसेर दण्डहीनतालाई सर्मथन गरेको भन्दै उनलाई तत्काल मन्त्री पदबाट वर्खास्त गर्नुपर्ने संघको जिल्ला संयोजक बालाशंकर कुश्वाहाले माग गरे ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.