Home समाचार चोरीमा संलग्न भएको आरोपमा पाँच पक्राउ

चोरीमा संलग्न भएको आरोपमा पाँच पक्राउ

by अंकुश दैनिक
0 views

कलैया, १६ माघ ।
पसल फुटाई मोबाइल चोरी गरेको आरोपमा पाँचजनालाई बारा प्रहरीले पक्राउ गरेका छ । पक्राउ पर्नेहरूमा प्रसौनी गाउँपालिका(१ प्रसौनी टोल बस्ने २४ वर्षीय विशाल मुखिया, २२ वर्षीय बलिराम मुखिया, २० वर्षीय राम मुखिया, २७ वर्षीय पवन पटेल र सोही ठाउँ बस्ने २३ वर्षीय रम्तुलाह अंसारी रहेको प्रहरी प्रवतmा राजेश थापाले जानकारी दिनुभयो ।
प्रसौनी गाउँपालिका(२ स्थित रहेको शुभश्री मोबाइल पसल फुटाई पसलमा रहेको विभिन्न कम्पनीको मोबाइल चोरी गरी लुकाइराखेको अवस्थामा प्रसौनी गापा(१ मा बस्ने गोपिचन मुखियाको छोरा विशाल मुखियाको घरकोठा खानतलासी गर्ने क्रममा पसलबाट चोरी भएको मालसामानमध्ये निज विशाल मुखिया सुत्ने कोठाभित्र रहेको खाटमुनि पिठ्यूँमा बोक्ने तीनवटा झोलामा लुकाई छिपाई राखेको अवस्थामा फेला पारेको प्रवक्ता थापाले बताउनुभयो ।
साथै विभिन्न किसिमको नयाँ मोबाइल सेट ९४ थान, ब्याटूी, चार्जर, राउटर तथा सोही घरको पहिलो तल्लाको कोठामा रिपुराज लेखिएको चामलको बोरामा राखी लुकाई छिपाई राखेको अवस्थामा अवैध लागूऔषध गाँजा ६ किलो ग्रामसमेत फेला पारी उक्त चोरी कार्यमा संलग्न ती पाँच जनालाई पक्राउ गरिएको प्रवतmा थापाको भनाइ छ । पक्राउ परेका ती सबैलाई डाँका चोरी मुद्दामा जिल्ला अदालतबाट पहिलोपटक दिन ५ को म्याद अनुमति लिई हिरासतमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रवक्ता थापाले जानकारी दिनुभयो । (रासस)

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.