Home समाचार शहिद दिवसको अवसरमा नेपाली कांग्रेस पर्साद्वारा खाजा वितरण

शहिद दिवसको अवसरमा नेपाली कांग्रेस पर्साद्वारा खाजा वितरण

by अंकुश दैनिक
0 views

बिरगंज ।
शहिद दिवसको अवसर पारेर नेपाली कांग्रेस पर्सा क्षेत्र नं १ द्वारा नारायणी अस्पतालमा उपचाररत बिरामीहरुलाइ खाजा वितरण गरिएको छ । क्षेत्र नं १ का सभापति अरबिन्द गुप्ताको अध्यक्षतामा भएको सो कार्यक्रममा नारायणी अस्पतालमा उपचाररत १५० जना बिरामीहरुलाई खाजा वितरण गरिएको थियो ।

सो अवसरमा नेपाली कांग्रेस पर्साका पूर्व सभापति राजेन्द्र बहादुर अमात्य, नेपाली कांग्रेस पर्साका उप सभापति प्रकाश उपाध्याय, जिल्ला सचिव श्याम पटेल,नेपाली कांग्रेस मधेस प्रदेशका सदस्य ताज अलि अन्सारी, पिन्की सिंह, क्षेत्र नम्बर २ का सभापति महम्मद शहाबुद्दीन, नगर सभापति भोला कलवारलगायत ठूलो संख्यामा नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.