Home समाचार रौतहटको इशनाथ नपा अन्तर्गतको गहुँबारीमा महिलाको शव बरामद

रौतहटको इशनाथ नपा अन्तर्गतको गहुँबारीमा महिलाको शव बरामद

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, २७ माघ ।
रौतहटमा एक महिलाको शव बुधबार गहुँबारीमा फेला परेको छ । रौतहटको ईशनाथ नगरपालिकामा एक विवाहीत महिलाको शव फेला परेको हो । ईशनाथ नगरपालिका–९ की १९ वर्षीया चाँदनी खातुनको शव फेला परेको रौतहटका प्रहरी उपरीक्षक विनोद घिमिरेले जानकारी दिए । महिलाको शव मुखमा कपडा कोचेको अवस्थामा लौतना र मठियाको बीचमा पर्ने ईशनाथ–४ स्थित गहुँबारीमा फेला परेको उनको भनाइ छ ।
प्रहरीका अनुसार उनको चार वर्षअघि ईशनाथ नगरपालिका–७ का एक युवकसँग विवाह भएको थियो । विवाह भएपनि उनी माइतीमै बस्दै आएकी थिइन् । उनका श्रीमानले नै फोन गरेर बोलाएपछि चाँदनी राति घरबाट निस्किएकी रहीछन्’ प्रहरी उपरिक्षक घिमिरेले भने, ‘शवलाई पोष्टमार्टम पछि हत्याको बारेमा थप कुरा खुल्ने छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.