Home Top News अबको निर्वाचनमा नेपाली कांग्रेसकै सरकार बन्ने : केन्द्रिय सदस्य रिजाल

अबको निर्वाचनमा नेपाली कांग्रेसकै सरकार बन्ने : केन्द्रिय सदस्य रिजाल

by अंकुश दैनिक
1 views

वीरगंज, १ फागुन ।
स्थानीय तहको मिति सरकारले घोषणा गरेपछि चुनावको चहलपहल शुरु भएको छ । सोही चहलपहल अन्तर्गत नेपाली कांग्रेस पर्साले ठोरी गाउँपालिकाको बिजयबस्तीमा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको हो ।
ठोरी गापाको वडा नं. ४ मा पर्ने बिजयबस्तीमा आइतबार वडाका सभापति मिलन श्रेष्ठको अध्यक्षता तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य रमेश रिजालको प्रमुख आतिथ्यमा पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य रिजालले अबको निर्वाचनमा नेपाली कांग्रेसकै सरकार बन्ने भएकोले हामी सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।
वडा समितिको आयोजनामा भएको कार्यक्रममा नेकपा एमालेका जिल्ला समिती सदस्य गणेश बहादुर श्रेष्ठको नेतृत्वमा कृष्ण बहादुर श्रेष्ठ, राजु श्रेष्ठ, खिल बहादुर श्रेष्ठ, कर्ण बहादुर श्रेष्ठ, प्रेम बहादुर श्रेष्ठ लगायतका ७० जना र नेकपा माओवादी केन्द्र परित्याग गरि पनि ११ जनाले नेपाली का·्रेसमा प्रवेश गरेको नेपाली का·्रेस पर्सा क्षेत्र नं. ४ का सभापति श्रीकान्त यादवले जानकारी दिएका छन् ।
कार्यक्रमममा नवप्रवेशीहरुलाई नेपाली का·्रेस केन्द्रिय सदस्य रिजालले फुलको माला, अविरको टीका र खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए ।
कार्य्रक्रममा प्रदेश सभा सदस्य शंकर चौधरी, नेपाली कांग्रेसको मधेश प्रदेशका महामन्त्री बृहस्पतिकृष्ण श्रेष्ठ, नेता रमेश पाण्डे, सहरुम राउत गद्दी, नवीन सिंह, बलिस्टर अहमद, किशोर तामाङ लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रमको संचालन जिवन सापकोटाले गरेका थिए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.