Home समाचार रौतहटको जयनगरमा फर्निचर मेला सुरु

रौतहटको जयनगरमा फर्निचर मेला सुरु

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट, १ फागुन ।
रौतहटको जयनगरमा फर्निचर मेला सुरु भएको छ । रौतहटको गौर चपुर सडकखण्ड अन्तर्गत जयनगर चोकमा फर्निचर मेला सुरु भएको हो ।
लामो समयदेखि बसन्त पञ्चमीको अवसरमा रौतहटको धार्मिकस्थल शिवनगर महादेव स्थानमा लाग्ने मेलासँगै गरुडा नगरपालिका–१ स्थित रहेको जयनगरमा काठका फर्निचर तथा कृषि कार्यमा प्रयोग हुने सामानको मेला लाग्दै आएको बासिन्दाहरुको भनाइ छ ।
बिगत देखि वर्षेनि लाग्दै आएको फर्निचर मेलामा रौतहटका विभिन्न ठाउँका साथै छिमेकी जिल्ला सर्लाही र बाराका श्रमिक–ब्यवसायीहरुले महिनौँदेखि घरमै निर्माण गरेका विभिन्न जातका काठको फर्निचर मेलामा बिक्रीका लागि ल्याउने गरेका छन् ।
साल, सिसम, टिक, मसला र आँप लगायत विभिन्न जातको काठबाट निर्मित पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, बेन्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, सोफा, किचन र्याक तथा बालबालिकाका खेलौनालगायत घरायसी प्रयोजनका करिब सबै प्रकारका फर्निचरहरु मेलामा उपलब्ध हुने गरेको स्थानीय बासिन्दाले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.