Home समाचार बि नेचुरल आईसक्रिम सोरुमको उद्घाटन सम्पन्न

बि नेचुरल आईसक्रिम सोरुमको उद्घाटन सम्पन्न

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार

बीरगंज, ७ फागुन ।

बिरगंजमा बि नेचुरल आइसक्रिम सोरुमको आज एक कार्यक्रमका बीच उद्घघाटन गरिएको छ । नेपालमा रहेको तारे होटलमा बिक्री बितरण गरीदै आएको आईस क्रिम सरह उत्कृष्ट आईस क्रिम बीरगंजको गडीमाई डेरीको बी नेचुरल आईस क्रिम ब्राण्डको उत्पादन शुरु गरेको छ ।

उक्त डेरी उधोगबाट उत्पादन गरीएको उत्कृष्ट आईस क्रिम बिक्री बितरण गर्न पर्सा जिल्लाको ब्यापारीक स्थल आदर्श नगर चौकमा रहेको रुङ्गटा मार्केटभित्र सो उधोगले उत्पादन गरेको उत्कृष्ट आईस क्रिम शोरूमको उद्धघाटन नेपाल उद्योग बाणिज्य महासघ प्रदेश न।२ का अध्यक्ष गणेश लाठले रिबन र केक काटेर औंपचारिक रुपमा उद्धघाटन गरेका थिए ।

आजै बाट बिक्री बितरण सुरु हुने उत्कृष्ट आईस क्रिमको शोरूम बिहान ११ बजे देखि राती ९ स् ३० बजेसम्म संचालन गरीने उद्योगका सन्चालक रबिन्द्र कुमार सिंहले जानकारी दिनुभयो ।

यस उत्कृष्ट आईस क्रिम शो रुमममा रु।४० देखि रु। ३ सय रुपैयाँसम्मको आईस क्रिम बिक्री बितरणमा ल्याईनुको साथै फेमिली पैक आईस क्रिम रु १ सय ५० देखि रु। ३ सय सम्मको ल्याउने उधोगका प्रमुख सिहंले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.