Home समाचार मोटरसाईकल चोरी भाग्दै गरेको अवस्थामा एक पक्राउ

मोटरसाईकल चोरी भाग्दै गरेको अवस्थामा एक पक्राउ

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, ८ फागुन ।
पर्सा प्रहरीले मोटरसाइकल चोरी गरी भाग्दै गरेको अवस्थामा एकजनालाई पक्राउ गरेको छ । प्रहरीले बीरगन्ज महानगरपालिका–१६ निवासी २० वर्षीय ईरफान देवानलाइ पक्राउ गरेको छ
प्रहरी चौकी सिर्सियाबाट खटिएको टोलीले शोधपुछ गर्ने क्रममा ना १६ प ६५९५ नम्बरको यामाहा मोटरसाइकलमा सवार आरोपि ईरफानले उक्त मोटरसाइकल चोरेर ल्याएको बताएका थिए ।
उनले बीरगन्ज महानगरपालिका–१९ निवासी अनिल साहले आफ्नै घरको आँगनमा पार्किङ गरी राखेको अवस्थामा लक तोडेर चोरी गरी भाग्दै गरेको अवस्थामा भेटिएको र थप अनुसन्धानबाट खुल्न आएको जिल्ला प्रहरी कार्यलय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।
ईरफानविरुद्ध चोरी सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.