Home समाचार बौधिमाई नगरपालिकाको तेस्रो बर्थि· सेन्टर नगरप्रमुख यादवले गरे उद्धाटन

बौधिमाई नगरपालिकाको तेस्रो बर्थि· सेन्टर नगरप्रमुख यादवले गरे उद्धाटन

by अंकुश दैनिक
0 views

सत्येन्द्र प्रताप सिंह
रौतहट ९ फागुन ।
रौतहट जिल्लाको बौधिमाई नगरपालिकाको तेस्रो बर्थि· सेन्टर नगर प्रमुख राजिव रन्जन (राजु) यादवले उद्धाटन गरेका छन् । नगरपालिकाको वडा नं ८ सरमुजवा टोलमा बर्थि· सेन्टर (प्रसुती गृह) बौधिमाई नगरपालिकाका नगर प्रमुख यादवले उद्धाटन गरेका हुन । बौधिमाई नगरपालिकाको आर्थिक सहयोग र नगर प्रमुख यादवको अथक प्रयाशले न .पा .को वडा नं ७,८,९ लाई लक्षित गरि लाभान्वितहुने गरी भवन निर्माण गरि सेवा सहितको प्रसुती गृह एक औपचारिक कार्यक्रम बिच उद्धाटन गरेका हुन ।
निर्वाचित अगावै २०७४ सालमा आएको भिषन पहिरोमा बौधिमाई नगरपालिकाको एक प्रसुती गराउन जादै गरेको सवार एम्बुलेन्स गर्भवती महिला सहित ४ जना मृत्यु भएको थियो त्यही दिन यादवले प्रद्तिवाद्ता गरे निर्वाचित हुदा नपाको कुनै पनि जनता लाई यस्तो दुख नभोग्नु परोस भन्ने उदेस्य प्राथमिकतामा राखी स्वास्थ्य सेवामा टेवा पुग्ने हिसाबले काम गर्ने प्रद्तिवाद्ता लाई पछि पर्दै न.पा. भित्र यो तेस्रो बर्थि· सेन्टर सेवा सहित उद्धाटन गरेको नगर प्रमुख यादवले बताएका छन् ।


बर्थि· सेन्टरमा सेवाका लागि दक्ष तालिम प्राप्त चिकित्सक, नर्स, औषधि लगायतका उपकरण उपलब्ध
रहेको र जिल्लाको पालिकाहरु मध्ये यो पहिलो पालिका हो जसले नि:शुल्क कैल्सियम उपलब्ध गराई रहेको नगर प्रमुख यादवले जानकारी गराएका छन् ।
उद्धाटन कार्यक्रममा नगर प्रमुख यादवको प्रमुख अतिथ्यमा न.पा.उप प्रमुख प्रेमलता कुशवाहा नि. प्र. प्र. अ , स्वास्थ्य संयोजक , ज. स. पा. केन्द्रिय सदस्य विवेक यादव , वडा नं ८,४ का वडा अध्यक्ष ,स्वास्थ्य कर्मी , सुरक्षाकर्मी ,संचारकर्मी, समाजसेवी , बुद्धिजीवी भरभालाआदमी लगायतका उपस्थिति रहेको थियो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.