Home मनोरन्जन पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता

by अंकुश दैनिक
0 views

काठमाडौं । अभिनेता पल शाहविरूद्ध जबरजस्ती करणीको जाहेरी दर्ता भएको छ। १७ वर्षीया गायिका समीक्षा अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय, तनहुँमा किटानी जाहेरी दर्ता गरेकी हुन् ।

गण्डकी प्रदेश प्रहरीका अनुसार म्यूजिक भिडियोको सुटिङका सिलसिलामा तनहुँ गएका बेला ‘फकाएर’ जबर्जस्ती करणी गरेको अभियोग शाहमाथि लागेको छ ।

समीक्षा एक महिना अघि आफूमाथि शाहले यौन दुर्व्यवहार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कास्की पुगेकी थिइन्। तर, कास्की प्रहरीले आफ्नो क्षेत्राधिकार नपरेको भन्दै तनहुँ प्रहरी कार्यालयमा जान सुझाव दिएको थियो ।

कानुनअनुसार १८ वर्षभन्दा मुनिका बालबालिकासँग सहमतिमै पनि राखिएको शारिरिक सम्बन्ध बलात्कार हो।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.