Home मुख्य समाचार अभिनेता पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

अभिनेता पल शाहलाई सात दिन हिरासतमा राख्न अदालतको अनुमति

by अंकुश दैनिक
0 views

काठमाडौं ।

अभिनेता पल शाहलाई जिल्ला अदालत तनहुँले ७ दिन प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको छ । आइतबार प्रहरीसामू आत्मसमर्पण गरेका शाहलाई अदालतले पहिलोपटक सात दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको अदालतमा डिट्ठा पदमा कार्यरत विष्णूप्रसाद तिमल्सिनाले जानकारी दिए ।

‘उहाँलाई पक्राउ गरी प्रहरीले अदालतमा हाजिर गराएको थियो,’ उनले भने, ‘अदालतले आजकै दिनबाट लागू हुनेगरी सात दिनका लागि हिरासतमा राखेर बयान लिन अनुमति दिएको हो ।’

गायिका समिक्षा अधिकारीका बाबुले जिल्ला प्रहरी कार्यालयमा आफ्नी छोरीमाथि जवरजस्ती करणी गरेको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएका थिए । आज आइतबार शाहले जिल्ला प्रहरी कार्यालय तनहुँसामू आत्मसमर्पण गरेका थिए ।साथै, आइतबार नै समिक्षाका बाबुले नवरपरासीस्थित इलाका प्रहरी कार्यालय गैंडाकोटमा पनि पलविरुद्धको जाहेरी दिएका छन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.