Home समाचार श्रीसिया नदी प्रदुषण मुक्त अभियानद्वारा फागुन २२ र २३ गते घण्टाघरमा धर्ना दिने

श्रीसिया नदी प्रदुषण मुक्त अभियानद्वारा फागुन २२ र २३ गते घण्टाघरमा धर्ना दिने

by अंकुश दैनिक
0 views
संतोष रन्जितकार
वीरगंज
स्वच्छता कर एवम सम्पती कर नतिर्न श्रीसिया नदि एवम बिरगंज प्रदुषण मुक्त अभियान पर्साका संयोजक अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मिले सार्वजनिक अपिल गरेका छन । बिरगंजको बिच भागबाट बग्ने श्रीसिया नदिको बर्तमान अवस्था निकै प्रदुषित एवम दुर्गन्धित मात्र नभै यो विभिन्न खतरनाक रोगहरु लिएर बगि रहेको देख्दा निकै चिन्ता लागेको बताउदै मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत प्रदेशले ०.२५% एवम बिरगंज महानगरपालिकाले घर सम्पती कर अन्तर्गत सरसफाइ कर उठाउदै आएको छ तर सो कर बाट उठेको रकमले न नदि स्वच्छ भएको छ न त बिरगंज नै सफा सुग्घर भएको देखिन्छ जबकी नेपालको संविधानको धारा ३० ले नेपाली जनतालाई स्वच्छ र स्वस्थ्य बातावरणमा बाच्न पाउने अधिकारको प्रत्याभूति प्रदान गरेको छ ।
यसै क्रममा सरिसवा नदि एवम बिरगंज प्रदुषण मुक्त अभियानले यहि फागुन २२ गते आइतवार र २३ गते सोमवार २ दिने धर्ना बिरगंजको घण्टाघरमा बिहान १० बजे देखि ५ बजे सम्म १० बुन्दे माग राखि धर्ना प्रदर्शन गर्दै छ । उक्त प्रदर्शनलाई पर्साका विभिन्न राजनितीक दलहरुले पनि समर्थन जनाएको छ । लोकतान्त्रिक समाजवादी पार्टीका जिल्ला सचिव राजनारायण मिश्रा एवम राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका अध्यक्ष सुनेश्वर उपाध्यायले आज शनिवार प्रेस बिज्ञप्ति जारी गर्दै अभियानले उठाएको जायज मागलाई अबिलम्ब पूरा गर्न र धर्नामा सहभागी हुन आआफ्ना नेता कार्यकर्ताहरु लगायत सम्पुर्णलाई आव्हान गरेका छन । धर्ना कार्यक्रममा सम्पुर्ण श्रीसिया नदीप्रेमी, बिरगंज बासी, पत्रकार, नागरिक समाज, राजनितिक दल, विभिन्न संघसंस्थाहरु लगायत युवा बिद्यार्थीहरुलाइ सहभागी हुन संयोजक सुरेन्द्र कुर्मीले आग्रह गरेका छन ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.