Home समाचार अपराधिक घटनाबाट बच्न सिसिटिभी क्यामराले धेरै मद्दत गर्छ : प्रहरी उपरिक्षक बस्नेत

अपराधिक घटनाबाट बच्न सिसिटिभी क्यामराले धेरै मद्दत गर्छ : प्रहरी उपरिक्षक बस्नेत

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, २२ फागुन ।
वीरगंज महानगरपालिका वडा न.५ अन्तर्गत विभिन्न चौक र गल्लीहरुमा सिसिटिभि क्यामरा जडान गरिएको छ । पर्सा जिल्लामा खुल्ला सिमाका कारण हुने आपराधिक घटनाबाट बच्न र दुर्घटना न्यूनीकरण गर्न समुदाय र प्रहरीलाई यस सिसिटिभी क्यामराले धेरै मद्दत पुग्ने प्रमुख अतिथि जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले बताउनु भएको थियो ।
सामुदायिक सेवा केन्द्र तथा सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलको आयोजनामा तथा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतको प्रमुख आतिथ्य र वडा न.५ का वडा अध्यक्ष प्रदिप चौरसियाको बिशिस्ट आतिथ्य एक कार्यक्रम बीच कुम्हालटोल सामुदायिक सेवा केन्द्रको भवनमा रहेको सिसिटिभि क्यामरा जडान कन्ट्रोल रुमको उद्घघाटन भएको थियो ।
४ लाखको लागतमा वडा न.५ को वडा समितीको कार्यालयको सहयोगमा वडाका विभिन्न मुख्य चौक र आवश्यक गल्लीहरुमा गरि ११ थान सिसिटिभी क्यामरा जडान गरिएको सामुदायिक सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश कुमार चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक प्रहलाद कार्की, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक राजेशराज पुरी, प्रहरी निरीक्षक सोभन राणा, मुनलाईट माबिका प्रिन्सिपल श्याम केसी, कन्चनजंगा ई. बो. स्कुलका डाईरेक्टर मार्टिन मोक्तान, सामुदायिक सेवा केन्द्र कुम्हालटोलका उपाध्यक्ष सन्जु दाहाल, सन्ध्या भट्ट, ईन्दिरा पोखरेल, सचिब श्रवण रायमाझी, सहसचिव रामबाबु रायमाझी, नानुमाया रायमाझी, सन्चारकर्मी अजित भुजेल, महिला प्रहरी हवल्दार सन्ध्या गैरो, प्रहरी जवान कुमार बिक लगायत स्थानीयहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.