Home समाचार प्याब्सन वीरगंजद्वारा टिसिसिसी नभएका विद्यार्थीहरुको भर्ना लिने सामुदायिक विद्यालयहरुलाई कारवाही गर्न माग

प्याब्सन वीरगंजद्वारा टिसिसिसी नभएका विद्यार्थीहरुको भर्ना लिने सामुदायिक विद्यालयहरुलाई कारवाही गर्न माग

by अंकुश दैनिक
1 views

संतोष रन्जितकार
वीरगंज, २२ फागुन ।
प्याब्सन बीरगन्जले टिसीसिसी बिना विद्यार्थी भर्ना लिने सामुदायिक विद्यालयलाई कारवाहीको माग गरेको छ । आईतबार बीरगन्ज महानगरपालिकाको शिक्षा महाशाखा प्रमु्ख अरविन्दलाल कर्णलाई कारवाहीको माग गर्दै प्याब्सन बीरगन्जले फागुन मसान्तसम्मको अल्टिमेटम दिएको छ ।
विभिन्न ७ सुत्रीय मागसहितको ध्यानाकर्षण पत्र बुझाउदैं बीरगन्ज प्याब्सनका अध्यक्ष आलोक चौरसियाले सामुदायिक विद्यालय बिना टिसीसिसी भर्ना गर्दा निजी विद्यालयहरुको लाखौं शुल्क डुबेको हुँदा सो असुल उपर गराई दिन महाशाखा प्रमुख कर्णसँग माग गरे ।
टिसीसिसी भर्ना भएका विद्यार्थीसँग टिसीसिसी माग गरिदिन अनुरोध गर्दै विद्यालय स्तरबाटै अनुरोध गर्दा समेत सामुदायिक विद्यालयहरुले कुनै सुनुवाई नगरेकोले प्याब्सन बीरगन्जले बाध्य भएर शिक्षा महाशाखा गुहार्नु परेको अध्यक्ष चौरसियाले बताए । उनले भने, ँयसअघि पनि एउटा ध्यानाकर्षण पत्र बुझाएका थियौं, फेरि पनि दबाब स्वरुप आज ध्यानाकर्षण गराएका हौं, आशा छ शिक्षा महाशाखाले यस विषयमा चाडैं कदम चाल्नेछ ।
ध्यानाकर्षण पत्र बुझदैं महाशाखा प्रमुख कर्णले यो समस्या यथासक्य चाँडो समाधान गर्ने आश्वासन दिएको अध्यक्ष चौरसियाले बताए ।
ध्याकर्षण पत्र बुझाउन गएको प्याब्सनको टोलीमा अध्यक्ष चौरसियासहित प्याब्सन पर्साका अध्यक्ष पुरन प्रधान, वरिष्ठ उपाध्यक्ष सरोज प्रसाद चौधरी, सचिव राहुल श्रीवास्तव र प्याब्सनको टिसीसिसी छानबिन समितिका संयोजक श्याक केसीको सहभागिता रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.