Home समाचार महिला र युवाको गुणस्तरीय सहभागिता विषयक लघु गोष्ठी कार्यक्रम सम्पन्न

महिला र युवाको गुणस्तरीय सहभागिता विषयक लघु गोष्ठी कार्यक्रम सम्पन्न

by अंकुश दैनिक
0 views

संतोष रन्जितकार
वीरगंज, २६ फागुन ।
११२ औँ अन्तराष्ट्रिय नारी दिवस को अवसर पारी राष्ट्रिय सहकारी बैंकको शाखा कार्यालय वीरगंजले लघु गोष्ठी कार्यक्रमको आयोजना गरेको छ । वीरगंजस्थित राष्ट्रिय सहकारी बैंकको सभाहलमा बिहिबार सहकारीमा महिला र युवाको गुणस्तरीय सहभागिता विषयक लघु गोष्ठी कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमको प्रमुख अतिथि जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष राजेश पण्डितले ब्यानरमा हस्ताक्षर गर्दै कार्यक्रमको उदघटन गरेका थिए ।


कार्यक्रममा बोल्दै प्रमुख अतिथि पण्डितले सहकारी संघसंस्थाहरुले महिलाहरुको आत्मबल बढाउनुको साथै उनीहरुलाई अझ अगाडी बढ्न सहयोग गर्ने भएको हुनाले महिलाहरुले यस्तो सुनौलो अवसरहरुलाई नछोडन आग्रह गर्नु भएको थियो ।
सहकारी बैंक बिरगंज शाखाका कार्यालय प्रमुख संजय कुमार महतोको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा जिल्ला बचत संघ पर्साका महासचीव जिष्णु बराल, सनराइज नेपाल बचतका दिपिका प्रधान, श्रीनिधी साकोसका अमिता ड·ोल, ओम शिव शक्ति साकोसका बबिता उदास मान्नधर, गृहलक्ष्मी साकोसका प्रिया रानी गुप्ता लगायत विभिन्न सहकारी संस्थाहरुका प्रतिनिधिहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य राष्ट्रिय सहकारी बैंकका रबिन्द्र पण्डितले गरेका थिए भने कार्यक्रमको सहजीकरण प्रतिक साकोसका इन्दु रन्जितकारले गरेकी थिइन् ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.