Home विचार साउदी अरबमा इश्लामिक आतंकबादीलाई फाँसी दिइयो

साउदी अरबमा इश्लामिक आतंकबादीलाई फाँसी दिइयो

by अंकुश दैनिक
0 views

यितेन्द्र शर्मा
अन्तर्राष्ट्रिय इश्लामिक आतंकवादी संगठन अलकायदा र आइएसका ८१ जना आतंकवादीहरुले साउदी अरबमा धार्मिक कट्टरता फैलाउन खोजेको सामाजिक विद्वेष बढाउने काम गरेको, गैर इश्लाम धर्म मान्नेहरु विरुद्ध घृणा फैलाउने काम गरेको र पवित्र कुरानको मान्यता विपरित काम गरेको आरोपमा फाँसी दिइएको छ । साउदी अरबका राजकुमार अलि अह्मद बिन सलमानले यस्ता व्यक्तिहरु कारवाहीको भागी भएको र पवित्र कुरान पनि यस्ता व्यक्तिहरुलाई माफी गर्न नसक्ने भन्दै आफ्नो निर्णयर्ला जायज ठहराएका छन् । अमेरिका र विश्वका अनेकौ मानवाधिकारवादी संगठनहरुको विरोधका बावजुद यसरी फाँसी दिइएको छ । एक दिनमै ८ जना विदेशी र ७३ जना साउदी अरबका नागरिक यस सजायको भागी भएका छन् । यिन मध्ये ७३ जना साउदी अरबका ७ जना यमनका र १ जना सिरियाका छन् ।
एसोसिएट प्रेसका सम्वादातासितको कुराकानीमा राजकुमार सलमानले यस्तो सजाय दिनु पछाडीको कारणबारे खुलासा गर्दै भनेका छन् कि इश्लामको पवित्र धर्म ग्रन्थ कुरानमा भएको व्यवस्था अनुसार नै यस्तो सजाय दिइएको छ । उनले कुनै एक व्यक्ति अथवा संस्थाद्वारा धेरै व्यक्ति तथा समाजमा भय, आतंक अथवा त्रास उत्पन्न गराउने काम गरेमा अथवा कुनै एक व्यक्ति बहुसंख्यक जनताको निम्ति खतरा उत्पन्न हुने खालको काममा संलग्न पाइएमा त्यस्तालाई फाँसको सजाय दिने नै कुरानमा छ । पवित्र कुरानको विपरित जाने अधिकार कसैलाई पनि नभएको र आफुलाई पनि नभएको बताउँदै आतंकवाद र जिहादको निम्ति वातावरण बनाउन खोज्ने अलकायदाको समर्थक र अन्य विदेशी अतिवादी संगठन आइएसमाथि कारवाही गरिएको दाबी गरे । साउदी अरबमा हालै फाँसी दिइएकाहरु माथि आतंकवादलाई सहयोग गरेको, महिला हिंसा तथा उत्पीडनका घटनालाई उक्साउने काम गरेको, सरकारी सम्पतिलाई हानी पु¥याउने योजना बनाउने गरेको तथा राष्ट्र विरोधी गतिविधि गरेको आरोप प्रमाणित भएको थियो ।
साउदी अरबको पाठ्यक्रममा रामायण र महाभारतको शिक्षा
साउदी अरबका राजकुमारले आफ्नो देशको सरकारी पाठ्यक्रमहरुमा सनातन धर्मका महान ग्रन्थहरु रामायण र महाभारतसँग सम्बन्धित विषयहरुलाई समावेश गर्ने आदेश दिएपछि अब साउदी अरबका शैक्षिक संस्थानहरुमा प्राथमिक कक्षादेखि नै रामायण महाभारत लगायतका सनातन धर्मसित सम्बन्धि शिक्षालाई अनिवार्य गरिएको छ ।
हिन्दु, बौद्ध र इसाई धर्मको बारेमा पनि अब त्यहाँका विद्यार्थीहरु पढन पाउने छन् । अब त्यहाँको पाठ्यक्रमलाई समावेशी बनाउने काम भएको छ । राजकुमार सलमानले आफ्ना छोरालाई रामायण र महाभारतका शिक्षा ग्रहण गर्दै गरेको पाठ्यपुस्तकका विषयलाई स्क्रीनसटमार्फत सार्वजनिक पनि गरेका छन् । साथै उनी स्वयम् पनि रामायण र महाभारतको अध्ययन गर्ने गरेको बताएका छन् । रामायण र महाभारत ज्ञानमूलक पुस्तक भएको र साउदी अरबका युवा पुस्तालाई विश्वका प्रत्येक गतिविधिसित अवगत गराउने उद्देश्यले यस्ता विषयलाई पाठ्यपुस्तकमा समावेश गरिएको बताएका छन् । यहुदी लगायतका अन्य धर्मावलम्बीहरुप्रति घृणा फैलाउने प्रावधान र श्लोकहरु हदिसजस्तो पवित्र ग्रन्थबाट पनि हटाइएको छ । मुसलमानहरुको निम्ति पवित्र स्थल मानिएको मक्का र मदिना जस्तो शहर अवस्थित देश साउदी अरबमा रामायण र महाभारतजस्ता हाम्रा धर्मग्रन्थहरुले महत्व पाउनु हामी सबैको निम्ति गर्वको विषय हो र साउदी अरबका राजकुमारको महानता पनि । हाम्रो देशमा आधुनिकताको नाममा सनातन धर्मको मुल्य मान्यता विपरित पश्चिमीकरणको नक्कल गर्ने बानी दुर्भाग्यपूर्ण हो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.