Home समाचार भारतबाट नेपाल भित्र्याईएको कुखुरा सशस्त्र प्रहरीद्वारा बरामद गरी नष्ट

भारतबाट नेपाल भित्र्याईएको कुखुरा सशस्त्र प्रहरीद्वारा बरामद गरी नष्ट

by अंकुश दैनिक
0 views
सत्येन्द्र प्रताप सिंह
रौतहट ।
भारतबाट नेपाल भित्रयाई रहेको अवस्थामा परोहा नगरपालिकाको वडा नं ५ भेडियाही स्थित सोमवार बेलुका ६.३० बजेको समयमा शसत्र प्रहरी ११ नं गणका स्क्वायर टिमले बरामद गरेको छ। मधेशमा खास गरी होली पर्वलाई लक्षित गरि भारतिय ब्वाईलर कुखरा नेपाल भित्रिरहेका गोप्य सूचनाको आधारमा शसत्र प्रहरीको स्क्वायर टोलीले ४० थान कुखरा १०० किलो बरामद गरी शसत्र प्रहरी बल नेपाल फतुवा बेस क्याम्पमा स्थानिय तथा पत्रकारको रोहवरमा क्याम्पको प्राड:णमा खाल्टो पुरी नष्ट गरिएको छ ।   उक्त कुखरा बेवारिसे अवस्थामा फेला परेको शसत्र प्रहरीले जनाएको छ ।भन्सार छलेर भारतबाट ल्याइएको कुखुराको मूल्य करिब ३० हजार रुपैयाँ बराबर रहेको शसत्र प्रहरीले जनाएको छ ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.