Home समाचार मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरु सम्मानित

मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरु सम्मानित

by अंकुश दैनिक
2 views
बिरगंज ।
रौनियार युवा समाज पर्साले आज एक कार्यक्रमको आयोजना गरी मिस्टर एण्ड मिस रौनियार २०२२ का बिजेताहरुलाई सम्मान गरेको छ ।
काठमाडौंमा एमी इन्टरटेन्मेन्टले चैत्र १ गते आयोजना गरेको देश भरीका रौनियार समाजका १६ बर्ष पुरा गरी २६ बर्ष मुनिका युवा युवतीहरुको प्रतिस्पर्धामा पर्साबाट सहभागी ४ जना मध्ये मुकेश रौनियार बेष्ट वाल्क ,मेघना रौनियार बेष्ट टैलेंट तथा बेष्ट प्रफोर्मेंस र युवा तर्फबाट मिस्टर औनितराज रौनियार त्यसैगरी युवती तर्फबाट मिस पायल रौनियार बिजेता भएका थिए।
सेफ कम्प्युटर एजुकेशनमा युवा समाजका अगुवा सरोज रौनियारको अध्यक्षतामा सह्भागी रौनियार युवा समाजको तर्फबाट प्रमोद रौनियार,पत्रकार राजन रौनियार ,बंशीधर रौनियार संतोष रौनियार (शन्नी ),राहुल रौनियार,राम रौनियार ,श्याम रौनियार,बिष्णु रौनियार, भागिरथ रौनियार,इभेन्ट कोर्योग्राफर यूवराज केशरी,पत्रकार नेहाल खान लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.