Home समाचार राउण्ड टेबलद्वारा ताराचन्द विद्यालयमा नवनिर्मित ४ वटा कक्षा कोठा हस्तान्तरण

राउण्ड टेबलद्वारा ताराचन्द विद्यालयमा नवनिर्मित ४ वटा कक्षा कोठा हस्तान्तरण

by अंकुश दैनिक
0 views
बिरगंज ।
बिरगंज युथ राउन्ड टेबल १३ र बिरगंज फेन्ड राउन्ड टेबल ८ को सयुक्त आयोजनामा निर्माण भएको  ४ वटा कक्षा कोठा हस्तान्तरण गरेको छ । बिरगंजको छपकैया वडा नमबर ३ मा रहेको ताराचन्द किसन लाल आधारभुत बिधालय लाइ हस्तान्तरण गरेको छ ।
बिधालयको भवनमा एक कार्यक्रमको आयोजना गरि राउन्ड टेबल नेपालका  केन्द्रिय अध्यक्ष आनन्द बहेटी नव निर्मित सुबिधा सम्पन्न ४ वटा कक्षा कोठा बिधालयका अध्यक्ष ताज महमदलाइ हस्तान्तरण गरेका हुन ।
बिरगंज युथ राउन्ड टेबल १३ का पर्सा अध्यक्ष चिराग पठवारी र बिरगंज फेन्डस राउन्ड टेबल ८ पर्सा का दिपल खन्नको सयुक्त अध्यक्षतामा भएको उक्त कार्यक्रममा बिगत तीन महिना पहिला बिधालयमा २६ लाख बरावरको भौतिक पुर्वाधार निर्माण गर्ने आफुहरुको आयोजना अन्तरगत आज करिब १६ लाख बरावरको लागतमा ४ वटा कक्षा कोठा र सोको लागि कुसि, टेबल , कालो पाटी , आदि सहित निर्माण गरि हस्तान्तरण गरिएको र अब सैचालय निर्माण बाकी रहेको हुनाले सो कार्यपनी चाडै सकाइ बिधालय लाई जिम्मा लगाउने आफुहरु को योजना रहेको बिरगंज युथ राउन्ड टेबलका सदस्य ज्योति रुगटाले बताए ।

सम्बन्धित पोस्टहरू

नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

हाम्रो टिम

ताजा खबर

@2024 – All Right Reserved. Designed and Developed by Ads Bee Media Pvt. Ltd.