आर्थिक संकटले ग्रसित श्रीलंकालाई भारतको सहयोग

78

यितेन्द्र शर्मा
आर्थिक संकटबाट ग्रसित श्रीलंकालाई भारतले एक पटक फेरी पनि मदत गरेको छ । श्रीलंकाले आग्रह गरेको २४ घण्टा भित्र नै श्रीलंकालाई ३७ हजार मेट्रिकटन पेट्रोल र ४० हजार मेट्रिक टन डिजेलको छुट्टा–छुट्टै खेप भारतले पठाएको छ । यसबाट त्यहाँका सरकार र जनताले राहतको अनुभूति गरेका छन् । अहिलेसम्म भारतले श्रीलंकालाई २ लाख ७० हजार मेट्रिक टन भन्दा बढीको इन्धन आपूर्ति सहायता गरिसकेको छ ।
भारतका विदेशमन्त्री एस जयशंकरले छिमेकी पहिलेको भारतको नीति अन्तरगत आफ्नो देशले श्रीलंकालाई संकटमा परेको बेला खाद्यान्न, इन्धन तथा औषधीको सहायता गरिरहेको छ । अहिले श्रीलंकामा खाद्य पदार्थ तथा इन्धनको व्यापक अभाव छ भने बिजुलीको कटौती पनि चर्को रुपमा रहेका कारण जनता सरकारको विरोधमा सडकमा उत्रेका छन् ।
भारतीय विदेशमन्त्रीले श्रीलंकालाई इन्धन बाहेक पनि धेरै तरिकाले सहयोग पठाउने गरेको भन्दै औषधी र खाद्यान्नको सहायताका लागि श्रीलंकाको सरकारले भारतका प्रधानमन्त्री तथा भारत सरकारप्रति धन्यवाद पनि दिएको बताएका छन् ।
श्रीलंका अहिले गम्भिर आर्थिक संकटको सामना गरिरहेको छ । कोभिड–१९ का कारण पनि यसको अर्थतन्त्र कमजोर हुन गएको छ । चिनियाँ ऋणको भारीले झनै थिचिन पुगेको यस द्वीपको मुद्राको अवमुल्यको क्रम पनि जारी छ । विदेशी मुद्राको संचिति साह«ै न्यून हुन पुगेको छ । पर्यटन व्यवसाय चौपट छ । वैदेशिक रोजगारमा गएकाहरु स्वदेश फर्किन थालेका छन् ।
भारतले फेरी पनि १ बिलियन अमेरिकी डलरको आर्थिक सहायता दिने घोषणा गरेको छ । यस ऋण सहयोगले श्रीलंकालाई आर्थिक संकटबाट बाहिर आउन र कम्तिमा पनि खाद्यान्न संकटको सामना गर्न सहयोग पु¥याउनेछ ।
श्रीलंकाली राष्ट्रपति गोटाबाया राजापाक्षेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदिसित भेट गरी भारतको आर्थिक सहायता र सहयोगको लागि प्रशंसा गरेका छन् । महिना दिनमै दुई पटक भारतको भ्रमण गरेका श्रीलंकाली राष्ट्रपतिलाई मोदीले छिमेकी पहिलो को आफ्नो देशको नीति अन्तरगत भारतले सहयोग गरेको र भविष्यमा पनि सहयोग गरिरहने आश्वासन दिनुभयो । भारतले गत फेबु्रअरीमाा श्रीलंकालाई ५०० मिलियन अमेरिकी डलरको सहयोग इन्धन खरिदका लागि तथा एक सय टन नैनो नाइट्रोजन लिक्विड ग्यास सहयोग गरेको थियो । श्रीलंकाले रासायनिक मलको उपयोगमाथि रोक लगाएका कारण यो सहायता उसको निम्ति सहयोगी सावित भएको छ । आर्थिक संकटका कारण विभिन्न समस्याले ग्रसित श्रीलंकालाई तत्काल राहतको आवश्यकता छ र भारत उसलाई सहयोग गरिरहेको छ ।

https://ankushdaily.com/