मोदीको लुम्बिनी भ्रमणको निहितार्थ

50

यितेन्द्र शर्मा
दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सनातन धर्म संस्कृतिका इमान्दार तथा समर्पित अनुयायी छन् । हिन्दु धर्मशास्त्र तथा संस्कृतिको गहिरो अध्ययनका गरेका उनले विगत आठ वर्षमा यस आर्य, पूर्वीय अथवा हिन्दु सभ्यता र संस्कृतिको संरक्षण तथा विकासका क्षेत्रमा जति योगदान पु¥याई रहेका छन् संभवत ः त्यति कसैले पनि गरेका छैनन् । नेपाल र भारत त एउटै सभ्यता एवं संस्कृतिको साझा बाहक हो । हाम्रा धर्मशास्त्रहरु, आराध्यदेवहरु, ऋषिमुनिहरु, तीर्थस्थलहरु र सभ्यता संस्कृति पनि अभिन्न नै छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो पहिलो कार्यकालमा चार पटक सम्म नेपालको भ्रमण गरेका थिए । भारतका प्रधानमन्त्रीले नेपालको भ्रमण गर्नु स्वभाविक नै हो तर मोदीले पवित्र पशुपतिनाथको मन्दिर, जनकपुरधामको मन्दिर तथा मुक्तिनाथ धाममा पुजा अर्चना गर्नुले विश्व भरिका हिन्दु र ओमकार परिवारका सदस्यहरुको ध्यान नेपालतिर आकर्षित गराउनमा सहयोगी भन्दा पनि उत्प्रेरकको भुमिकाको निर्वाह गरेका छन् । उनलाई नेपालको सम्मानित पर्यटनदूत भन्दा पनि अतिश्योक्ति नहोला । यसपाली भगवान गौतम बुद्धको जयन्तिको शुभ साईतमा नेपाल भ्रमणमा आउनु मोदीको नेपाल प्रतिको अत्याधिक स्नेह, आकर्षण र अपनत्वलाई दर्शाउँछ । यसपालिको उनको लुम्बिनी भ्रमणले विश्वभरिका डेढ अर्ब भन्दा बढी हिन्दु र बुद्धिष्टहरुलाई नेपालतिर आकर्षित गराउनेछ । यसले हाम्रो पर्यटन विकासलाई ठुलो मद्दत मिल्नेछ ।
मोदीले आफनो लुम्बिनी भ्रमणमा, नेपाल र भारतबीचको दुईपक्षीय सम्बन्धका विधि पक्षवारे चर्चा गर्दै नेपालको गौरवशाली इतिहास, प्राचीन सभ्यता, संस्कृति तीर्थस्थलहरु (देवस्थलहरु) र यसको प्राकृतिक सुन्दरताको जति प्रशंसा गर्नु भयो त्यो हामीहरुको निम्ति पनि सम्मानको विषय हो । मोदी वर्तमानको विश्व राजनीतिमा चर्चाको अग्रपंक्तिमा आउँछ । विश्व नेता मोदीको सरल नेपाल भ्रमणले हाम्रो देशको पर्यटन उद्योगलाई पनि ठुलो सम्वल प्रदान हुनेछ । उनको नेपाल भ्रमणका दौरान भएका सम्झौताहरु नेपालको विकासमा सहयोगी सावित हुनेछ । नेपालको धार्मिक एवं संस्कृतिक वारे गहिरो चासो राखेका मोदीले नेपालको सांस्कृतिक विरासतको पनि प्रशंसा गर्नु भयो ।
नेपालको पाँचौ भ्रमणमा आएका मोदीले नेपाल र भारतबीचको सम्बन्धलाई हिमालय जस्तै अटल र पुरानो बताएका छन् । २५६६ औं बुद्ध जयन्तितको अवसरमा नेपाल भ्रमण गरेका उनले आफुलाई राजनीतिक भन्दा धार्मिक भ्रमणवाट आनन्द मिल्लने गरेको बताए । नेपालका प्रधानमन्त्ती देउवाले पनि भारतको भ्रमण गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीले धार्मिक कुटनीतिवाट दुईपक्षीय सम्बन्धलाई बलियो बनाउने प्रयास गरेका टिप्पणी गर्नेहरु पनि धेरै छन् ।
मोदीले नेपाल, प्राचीन सभ्यताको प्रतीक रहेका बताउँदै नेपाल आउँदा आफु अत्यन्त आनन्दित हुने गरेका र राजनीतिक भ्रमण भन्दा पनि यो छुटै किसिमको खुशी र आनन्दको अनुभुति गराउने गरेका टिप्पणी गर्नुभयो । नेपालका प्रधानमन्त्री शेरबहादुर देउबाले बनारस लगायतका धार्मिक स्थलको भ्रमण गरेको स्मरण गर्दै त्यसले नेपाल र भारतको सम्बन्धलाई थप बलियो बनाएको बताउनु भयो ।
नेपाल र भारतबीच घनिष्ठ सम्बन्ध रहेका बताउँदै उनले जनकपुर भ्रमणका बेलानै आफुले नेपाल बिना हाम्रा राम पनि अधुरो रहेको आफनो टिप्पणीलाई स्मरण गराउँदै भारतमा बनि रहेको राम मन्दिरबाट नेपाल पनि उति नै खुशी रहेको विश्वास व्यक्कत गरे । भौगोलिक सीमा भन्दा माथि उठेर गौतम बुद्ध सबैका भएको टिप्पणी गरे ।
नेपाल र भारत मिलेर काम गर्ने अपार सम्भावनाहरु रहेका कारण हाम्रा यी प्रयासको लाभ दुवै देशका नागरिकहरुले पाउनेछन् भन्दै मोदीले हामीले स्वभाविक र नैसर्गिक सम्बन्धलाई सगरमाथा जतिकै उचाईमा पु¥याउनु पर्ने चाहना पनि व्यक्त गर्नु भयो । मोदीले सांस्कृतिक हिसावले पनि दुई देशबीच पारिवारिक सम्बन्ध रहेको बताउँदै मोदीले खानपान, गीत संङ्गित, चाडपर्व, रीतिरिवाज देखि पारिवारिक सम्बन्ध, जसलाई हामीले हजारौं वर्ष सम्म बाचेका छौं, अब तिनलाई विज्ञान, प्रविधि र पूर्वाधार जस्ता नयाँ क्षेत्रसँग पनि जोडनुपर्नेछ र यस विषयमा भारत नेपालसित काँधमा काँध मिलाएर काम गरिरहेको भन्नु भयो । प्रधानमन्त्री देउवाको निमन्त्रणमा लुम्बिनी आएका मोदीले मायादेवी मन्दिर दर्शन गरे, पुजा आराधना गरे, पुजा आराधना पछि मोदी र देउवा दुवैले संयुक्त रुपमा भारतीय बुद्धिष्टहरुको संस्था इन्टरनेशनल बुद्धिष्ट कम्फेडरेसनले बनाउने बौद्ध बिहारको शिलान्यास गर्नु भयो । १ अर्ब भारतीय रुपैयाँमा सो बौद्ध बिहार तीन वर्ष भित्र निर्माण गर्ने लक्ष्य राखिएको छ ।दुवै प्रधानमन्त्रीले नेपाल–भारत सहकार्य र आपसी हितका विषयमा विभिन्न ६ बुँदे सम्झौतामा हस्ताक्षर पनि गरेका छन् । सम्झौताको पहिलो बुँदामा लुम्बिनी बौद्ध विश्वविद्यालय र भारतीय सांस्कृतिक सम्बन्ध परिषद (आईसीसीआर) बीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । त्यहाँ बौद्ध विषय अध्यापनका लागि “डा.अम्बेडकर चेयर” स्थापना गरिनेछ । अम्बेडकर चेयरको व्यवस्था बमोजिम बौद्ध विषय पढाउने एक जना भारतीय प्राध्यापक लुम्बिनी बौद्ध विश्वविद्यालयमा नियुक्त हुनेछन् । समझदारी पत्र तत्कालका लागि पाँच वर्षका लागी कायम रहने भएको छ । पाँच वर्ष सम्म भारत सरकारले हरेक वर्ष नयाँ प्राध्यापक खटाउनेछ । ती भारतीय प्राध्यापकले ६ महिना लुम्बिनी बौद्ध विश्वविद्यालयमा एक सेमेस्टर अध्यापन गर्नेछन् । भारत सरकारले तलब सुविधा दिएर बौद्ध विषयको प्राध्यापक खटाउनेछ । एक अर्को मुलुककबीच विश्वविद्यालयमा चेयर स्थापना गर्ने अन्तर्राष्ट्रिय अभ्यास नेपालले पनि १० वर्षअिघ भारतको काशी बनारस स्थित हिन्दु विश्वविद्यालयमा “नेपाल चेयर” स्थापना गरेको थियो ।
त्यस्तै, दोश्रो बुँदामा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको नेपाल तथा एसियाली अध्ययन केन्द्र (सिनास) र भारतीय सांस्कृतिक सम्बन्ध परिषद बीच अर्को समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्र अनुसार सिनासमा इण्डियन स्टडिजको पढाई हुनेछ । त्यसका लागि “आईसीसीआर चेयर” स्थापना हुनेछ ।तेस्रो बुँदामा काठमाण्डौं विश्वविद्यालय (केयु) र आईसीसीआरबीच आईसीसीआर चेयर स्थापना सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ । समझदारी पत्र अनुसार केयुमा इण्डियन स्टडिज अध्ययनका लागि भारत सरकारले भारतीय प्राध्यापक खटाउनेछ ।चौँथो बुँदामा काठमाण्डौं विश्वविद्यालय (केयु) इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मद्रास बीच अर्को समmदारी पत्रमा हस्ताक्षर भएको छ । पाँचौं बुँदामा काठमाण्डौं विश्वविद्यालय (केयु) र इण्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) भारतबीच लेटर अफ एग्रिमेन्टमा हस्ताक्षर भएको छ । त्यस अन्तर्गत केयु र आईआईटीले आईटी विषयमा स्नातकोत्तर तहको पढाई संयुक्त रुपमा सन्चालन गर्नेछन् ।छैठौं बुँदामा अरुण–४ अर्ध जलाशययुक्त जलविद्युत आयोजना निर्माण गर्ने विषयमा पनि हस्ताक्षर भएको छ समझदारी पत्र अनुसार संखुवासभास्थित अरुण नदीमा पहिचान गरिएको अरुण–४ परियोजना संयुक्त रुपमा निर्माण गर्न नेपाल विद्युत प्राधिकरण र भारतको केन्द्रीय सरकार तथा हिमाचाल प्रदेश सरकारको संयुक्त उपक्रम सतलज जलविद्युत निगमबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । चार हजार नौ सय करोड भारतीय रुपैयाँको लगानीमा यस परियोजनाको निर्माण हुने भएको छ ।
भारतीय प्रधानमन्त्री मोदी र नेपाल प्रधानमन्त्ती देउवाले लुम्बिनी बौद्ध बिहार क्षेत्रमा इण्डियन इन्टरनेशनल सेन्टर फर बौद्ध कल्चर एण्ड हेरिटेज (भारत अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्र) को निर्माण कार्यको शिलान्यास गर्नुभयो । निर्माण कार्य सम्पन्न भए पछि यो विश्व स्तरीय सुविधायुक्त केन्द्र हुनेछ । अन्तर्राष्ट्रिय बौद्ध संस्कृति र विरासत केन्द्रको निर्माण भारत स्थित अन्तर्राष्ट्रिय बौद्ध परिसंघद्धारा लुम्बिनी विकास ट्रष्टको सहयोगवाट भईरहेको छ । भगवान गौतम बुद्धको जन्मस्थली नेपालको लुम्बिनीलाई बौद्ध धर्मावलम्बीहरुको सबै भन्दा पवित्र स्थलहरु मध्येको एक मानिन्छ । भारतीय प्रधानमन्त्री मोदीको विशेष पहलमा गौतम बुद्धको जन्मस्थली लुम्बिनी, उनले ज्ञान प्राप्त गरेका बोध गया र देह त्याग गरेका कुशीनगरको क्षेत्रलाई समेत समेटने गरी “बुद्ध सर्किटको निर्माण नेपाल र भारतद्धारा हुनेछ । मोदीको हालै सम्पन्न लुम्बिनी भ्रमणले हाम्रो दुईपक्षीय सम्बन्धलाई बलियो बनाउनेछ ।